२०८२ कार्तिक १५, शनिबार
नेपालले दिएको २७२ रनको लक्ष्य पछाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि साइतेजाले सर्बाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले ७० रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादव, करण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै २७१ रन बनाएको थियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाए भने कारण केसीले ४९ रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाएका थिए । त्यसैगरी अमेरिकाका बलर हरमीत सिंहले ३, सौरभ नेत्राभल्कर र नोसथस केन्जिगेले २-२ विकेट लिएका थिए । त्यस्तै जसदीप सिंह र सुभम रन्जानेले एक एक विकेट लिएका थिए ।
यो जितपछि विश्वकप लिग-२ मा अमेरिकाको २३ खेलमा ३४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी नेपालको भने १९ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा रहेको छ ।
अब सिरिज अन्तर्गत अर्को खेल अमेरिका र युएईबीच सोमबार हुने तालिका रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे