मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार गए राती १२:३० बजे खैरहनी बाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१ख३३६५ नम्बर (रात्रिबस) लाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र ०६–००१प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट घाइते मोटरसाइकल चालक कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राती १:१९ बजे मृत्यु भएको हो । बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे