२०८१ साउनदेखि २०८२ असार मसान्त सम्ममा २३ सय ६९ जना प्रहरीले राजीनामा दिएर सेवा छाडेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए ।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राजीनामा दिनेमा १९ जना सिनियर अधिकृत छन् ।’
एक वर्षको अवधिमा ४०१ जना जुनियर अधिकृतले राजीनामा दिएका छन् । प्रहरी सहायक निरीक्षक (असई) देखी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सम्मको दर्जालाई जुनियर अधिकृत भनिन्छ ।
जुनियर अधिकृत भन्दा तल्लो दर्जामा कार्यरत १ हजार ९४९ जनाले एक वर्षमा जागिर छाडेका छन् । गत आर्थिक वर्षमा ५२३ जना प्रहरी कर्मचारी अनिवार्य अवकाशमा गएका छन् ।
३० वर्षे सेवा अवधि र उमेर हद पुरा गरेर प्रहरी कर्मचारीहरू अनिवार्य अवकाशमा जान्छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे