आगमी साउन २४ देखि २७ गतेसम्म भारतमा हुने एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ का लागि नेपाली टोली घोषणा गरिएको हो।
नेपाल रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो । जसअनुसार टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही रहेकी छन् ।
सो टोली साउन २२ गते भारत प्रस्थान गर्नेछ । सो प्रतियोगिताका लागि सावित्री पुर्जाको नेतृत्वमा हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण भइरहेको छ ।
सङ्घका महासचिव गोविन्द घिमिरेका अनुसार भारतको मौसमसँग मिल्नेगरी टोलीलाई बिगत एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको हो ।
भारतको बिहारस्थित राजगीर रङ्गशालामा हुने प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे