दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य केही यात्रु गम्भीर घाइते भएका छन्। सिराहा, नरहा नगरपालिका–५ फर्किँदै गरेको प्र २–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित डौठे खोला नजिक करिब बिहान ८:३० बजे दुर्घटनामा परेको हो। दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले पुष्टि गर्नुभयो।
मृतकको पहिचान खुल्न बाँकी रहेको छ। दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्स मार्फत घुर्मीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ।
गाडी करिब २०० मिटर तल खसेको र यात्रुहरू छरिएपछि खोजी तथा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिनुभयो। प्रहरीका अनुसार गाडीमा करिब १७ जना सवार थिए भन्ने प्रारम्भिक अनुमान छ। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे