प्रेम, स्नेह र आत्मीयताको भाव मिश्रित गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको रहेको छ ।
यसमा विषम आचार्यको संगीत संयोजन छ ।
गीतको भिडियोमा दाजु-बहिनीबीचको भावनात्मक र आत्मीय सम्बन्धलाई देखाइएको छ । माली बनेर आफ्नी बहिनीको रेखदेख गर्ने दाजुको भावनालाई गीतले मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
शनिबार परेको रक्षाबन्धनलाई मध्यनजर गरेर सार्वजनिक गरिएको गीतमाथि निर्माण पक्षले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरिएको छ ।
प्रतिस्पर्धामा सहभागी हुन इच्छुकले उक्त गीतमा दाजुभाइ वा दिदीबहिनीले राखी बाँधेको भिडियो बनाएर सामाजिक सञ्जालमा सेअर गर्नुपर्नेछ । उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार पुरस्कार प्रदान गरिने निर्माता पौडेलले बताए ।
सुशान्त गौतमको निर्देशनमा बनेको फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ । यो फिल्म आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
मुकेश खनालको लेखन रहेको फिल्मको निर्माणमा विनोदलाई गुञ्जन गिरीले सघाएका छन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता रहेको फिल्मका छायाँकार शरद महतो हुन् । यो फिल्मको हिन्दी भर्सन आगामी असोज ६ गते रिलिज हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे