राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षा सम्बन्धी समय तालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ।
बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरू मध्ये सैद्धान्तिक विषयमा न्यूनतम D ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर अधिकतम दुई विषयमा NG प्राप्त गर्ने, दुई विषयमा अनुपस्थित भएका, वा एउटै विषयमा NG वा अनुपस्थित भएका विद्यार्थीहरूले मात्र पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।
परीक्षा भदौ २८ गते शनिबार र भदौ २९ गते आइतबार, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जानकारी बोर्डले दिएको छ।
विद्यार्थीहरूलाई तोकिएको समयमा आवेदन फारम बुझाउन अनुरोध गरिएको छ। विस्तृत जानकारीका लागि परीक्षा बोर्डको वेबसाइट वा सम्बन्धित विद्यालयमार्फत सम्पर्क गर्न सकिनेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे