साउन २०- अविरलकाे वर्षातले सडकमा पहिराे खस्दा जिल्लाका मुख्य र सहायक सडकहरू बन्द भएका छन् ।
सिद्धार्थ राजमार्गकाे सिद्धबाबा र गाैडेपुल क्षेत्रमा पहिराे खसेकाे छ । साे सडकखण्ड १६ घण्टादेखि बन्द छ ।
यस्तै आर्यभाङ्ज्याङ्-रामपुर सडकखण्डकाे माथागढी-१, चिदीपानी बुढिकाेट क्षेत्रमा खसेकाे पहिराेले साे सडक बिहानदेखि अबरूद्ध बनेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
यस्तै सालझण्डी सुँगुरेढुङ्गा सडकखण्ड पनि अबरूद्ध बनेकाे छ । साे सडकखण्डकाे जुठापाैवामा खसेकाे पहिराेले सडक अबरूद्ध बनेकाे हाे । अविरल वर्षात भइरहेकाेले पहिराे हटाउन समस्या छ ।
सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा खसेकाे पहिराे हटाउन स्काभेटर र जेसिवीकाे व्यवस्था गरिएकाे भएपनि वर्षातले पहिराे हटाउन समस्या भएकाे सडक डिभिजन कार्यालय पाल्पाले जनाएकाे छ ।
सडक अबरूद्ध हुँदा सयाैँ सवारीसाधन बर्तुङ्, प्रभास, दाेभान, चर्चरे क्षेत्रमा राेकिएकाे ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयाे ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे