बुधबार नगरपालिकाको वडा नं. ९ र १० स्थित कृषक समूहलाई काउ लिफ्टर र हुफ कटर मेशिन हस्तान्तरण गरेको पशुसेवा शाखा प्रमुख डा. प्रमोद कुमार पौडेलले नवलपुर अनलाईनलाई जानकारी दिनुभयो।
नगरप्रमुख मदनभक्त अधिकारी तथा उपप्रमुख शान्ती कोइरालाले वडा नं. ९ स्थित जयश्री पशुपालन समूह तथा वडा नं. १० स्थित श्री गण्डकी अमृतधारा पशुपालन कृषक समूहलाई १/१ थान काउ लिफ्टर र हुफ कटर मेसिन हस्तान्तरण गर्नुभएको थियो।
बिरामी भएर आफै उठ्न नसक्ने पशुहरुलाई उठाउन र नङ्ग काट्नका लागि यी सामाग्री प्रयोग गर्न सकिने पौडेलले बताउनुभयो।
काउ लिफ्टर र हुफ कटर मेशिन दुईवटा वडाका कृषक समूहलाई बितरण गरिएपनि नगरपालिका भित्र संचालिन सबै पशुपालन गर्ने कृषकहरुले उक्त संस्थाको मापदण्ड तथा शर्त पालना गरेर प्रयोग गर्न सक्ने पशु सेवा शाखाका शाखा अधिकृत रमेश ज्ञवालीले बताउनुभयो।
कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले कृषकको माग अनुसार नगरपालिकाकले पूर्ण अनुदानमा उक्त सामाग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो।
जसले गर्दा पशुचौपायाहरु बिरामी परि समयमै उपचार गर्न र हेरचाह गर्न यी मेशिनले सहयोग पुर्याउने उहाँले बताउनुभयो।
हाल गैंडाकोट नगरपालिकाभित्र १ हजार भन्दा बढी पशुपालन गर्ने फर्महरु दर्ता भई संचालनमा रहेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे