रसुवा- रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक तीर्थयात्रु बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका- ३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
उनीसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले यही साउन २३ गते बिहान चन्दनबारी र चोलाङपाटीको बीच भागबाट उनी हराएको प्रहरीमा जाहेरी दिएको कार्यालयले जनाएको छ ।
चन्दनबारी र चोलाङपाटीको बीच भाग घनाजङ्गल भएकोले हराएको सूचना पाउँना साथ प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा खोज उद्धार टोली खटाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।
खोज र उद्धारका लागि सशस्त्र प्रहरी बल, श्रीनाथ गणको नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीका ४५ सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे