• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र ८, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

२०८२ श्रावण १७, शनिबार
२

देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला

२०८२ श्रावण १७, शनिबार
३

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
४

मलेसियामा मजदुरी गरेर फर्किएका शाहीको रहस्यमय ढङ्गले हत्या

२०८२ श्रावण १२, सोमबार
५

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार
६

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

२०८२ श्रावण ३०, शुक्रबार
७

गैंडाकोटको नागरिक कलेजलाई फुड टेक्नोलोजी कार्यक्रममा रोक

२०८२ श्रावण ९, शुक्रबार
८

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
९

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
१०

कावासोती खरकट्टा जंगलमा अनियन्त्रित भई बस पल्टियो, १३ जना घाइते

२०८२ श्रावण ३०, शुक्रबार
११

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
१२

चितवनमा तेल ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एक गम्भीर घाइते

२०८२ श्रावण १२, सोमबार
Ad Logo
Advertisement

आज दिनभरका प्रमुख २० समाचार बुलेटिनहरु

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ भाद्र ५, बिहिबार

  • ३३ पटक पढिएको
  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    १ – मधेश प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भदौ १२ गते (बिहीबार) १ बजेदेखि बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । गत बुधवार प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखका निमित सचिव सत्रुधन यादवले जानकारी दिएका छन् । प्रदेश सभाको पाँचौं अधिवेशन गएको असार ३२ गते अन्त्य भएको थियो ।

    २- बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक, संसदीय समितिबाट पारित भएको छ । विहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले लामो छलफलपछि विधेयकलाई बहुमतका आधारमा पारित गरेको हो । निर्णयसँगै शिक्षा क्षेत्रमा दूरगामी असर पार्ने यो विधेयक अब अन्तिम टुंगोका लागि प्रतिनिधिसभाको पूर्ण बैठकमा पेश हुने भएको छ । समितिबाट विधेयक सर्बसम्मत रुपमा पास हुन भने सकेन । सत्तारुढ गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका सांसदहरू देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत र महिन्द्रराय यादवले विधेयकका प्रावधानमा असहमति जनाउँदै फरक मत दर्ता गराएका छन् । त्यसैगरी, रास्वपाकी सांसद सुमना श्रेष्ठ र राप्रपाकी सांसद बिना जैसवालले पनि फरक मत पेश गरेका छन् ।

    ३- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुले एमालेमै रहेर राजनीति गर्ने स्पष्ट गरेकी छन् । बिहीबार काठमाडौंमा आयोजित आफ्नो सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुलाई एमालेबाट राजनीति गर्न कसैले रोक्न नसक्ने भन्दै आफुले एमालेबाट नै राजनीति गर्ने बताएकी हुन् । भण्डारीले २०५१ सालदेखि नै एमाले सरकारमा निरन्तर रहेको बताउदै अब पार्टीको कामको मुल्यांकन हुनुपर्ने समेत माग गरेकी छन् । उनले पार्टीका विसंगतिलाई जोडदार रुपमा उठाउने बताउदै सरकारले सुशासन प्रवर्वद्धन गर्न नसकेको टिप्पणी गरेकी छन् ।

    ४- युक्रेनसँग युद्धविरामको लागि पश्चिमी देशहरूको जारी प्रयासका बीचमा, रूसले युक्रेनमा यस वर्षको सबैभन्दा ठूलो मिसाइल र ड्रोन आक्रमण गरेको छ । युक्रेनी वायुसेनाले रूसी सेनाले देशको पश्चिमी क्षेत्रहरूलाई लक्षित गरेर धेरैजसो आक्रमण गरेको जानकारी दिएको छ । युक्रेनी वायुसेनाले रूसले ५७४ ड्रोन र ४० मिसाइलले आक्रमण गरेको जनाएको छ । यी आक्रमणहरूमा कम्तिमा एक व्यक्तिको मृत्यु भएको छ र १५ जना घाइते भएका छन् । साथै, युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाले पनि यी आक्रमणहरूको बारेमा एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । उनले रूसले पश्चिमी युक्रेनमा एक प्रमुख अमेरिकी इलेक्ट्रोनिक्स निर्मातामाथि आक्रमण गरेको छ ।

    ५- नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरमाथि लागेका आरोप सामान्य नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले उपसभामुख मगरको विषयमा भावनात्मक कुरा नगर्न चेतावनी दिदै उनको विगत र वर्तमानका गतिविधिहरूमाथि प्रश्न उठेको टिप्पणी गरेका छन् । अहिले जनजातीकी छोरी र महिला भन्दै भावनात्मक कुरा गरिएको भन्दै उनले राना मगर संलग्न भएको संस्थाबाट २०७२ कार्तिक १७ गते बाल संगठनको सिफल बालगृहबाट पाँच जना बालबालिका हराएको प्रसंग उल्लेख गरेका थिए । यस विषयमा छानबिन गर्न २०७६ सालमा पाटन उच्च अदालतका पूर्व न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन अझैसम्म सार्वजनिक नगरिएको बताउदै उनले सो प्रतिवेदन समत सार्बजनिक गर्न आग्रह गरे । भट्टराईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा रवि लामिछानेलाई नख्खु कारागारमा भेट्न गएको प्रसंग उल्लेख गर्दै आफ्नै सरकार हुदा संसदीय समिति गठन गरेर दोषी करार गरेको व्यक्तिलाई अहिले कारागारमा भेट्न गएर द्वैध चरित्र देखाएको आरोप लगाए ।

    ६- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आयोजना मिति तय गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि २७ गते (नोभेम्बर १७ देखि डिसेम्बर १३ ) सम्म काठमाडौँमा आयोजना हुने जानकारी दिएको छ । क्यानले दोस्रो संस्करणको लागि मिनी अक्सन पनि साउन २४ गते सम्पन्न गरिसको छ । एनपीएलमा चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, जनकपुर बोल्ट्स , कर्णाली याक्स र पोखरा एभेन्जर्स गरि आठ फ्रेन्चाइजीले खेल्दैछन् ।

    ७- आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.२२ अंकले घटेर २७५७. ९७ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका एक करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर ५ अर्ब २ करोड १ लाख ४ हजार ८१६  मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    ८- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आफ्नो आफुले जनताका अगाडी गरेको प्रतिबद्धता अनुसार कम नगरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस-एमालेको गठबन्धन बन्दा गरेका प्रतिबद्धतामा काम नभएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले संबिधान संशोधनको काम अहिलेसम्म शुरु नभएको भन्दै असन्तुष्टि जनाएका छन् । महामन्त्री थापाले सरकारको ध्यानाकर्षण गराउदै संबिधान संशोधनको तयारीका लागि काम गर्न आग्रह गरेका छन् । उनले सरकारले काम गर्न ढंग नपुर्याएको आरोप लगाए । उनले सरकारको काम गर्ने गति नमिलेको, फोकस नभएको आरोप लगाउदै सहकारी प्रकरणलाई गलत तरिकाले अगाडी बढाइएको बताए । उनले अहिलेसम्म सहकारी पिडितले आफ्नो पैसा फिर्ता नपाएको बताए ।

    ९- गृहमन्त्री रमेश लेखकले समानता, शसक्तिकरण र सम्भावनाका विषयहरुमा महिला प्रहरीलाई विशेष ढंगले प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री ले सबै स्म्भावनामा महिला प्रहरी कर्मचारीलाई समाहित गर्नुपर्ने बताए । उनले भने- ‘सबै सम्भावनामा महिलाहरुलाई समाहित गर्न तीन ‘स’ (समानता, शसक्तिकरण र सम्भावना) को नीति अवलम्बन गरिनुपर्छ । मुद्दा र नीतिहरुमा समावेशन गर्ने, शसक्तिकरणको अभियान सञ्चालन गर्नुपर्ने र सबै सम्भावनामा महिलालाई समाहित गरिनुपर्छ । सम्भावना अवसर हो, क्षमता प्रर्दशन गर्ने ठाउँ हो । अवसरको प्रदानता गर्ने, यी सबै कुरामा जानुपर्छ, त्यो ढंगले अगाढी बढ्न जुरुरी छ ।’ प्रहरीमा १२ प्रतिशत महिला कर्मचारी रहेको भन्दै उनले २०६२÷०६३ को दोस्रो जनआन्दोलनपछि प्रहरीमा महिलाको उपस्थिति बढेको बताए । त्यस्तै मन्त्री लेखकले नेपाल प्रहरीमा भर्ना प्रक्रियामा २० प्रतिशत महिला आरक्षणको व्यवस्था उल्लेख गर्दै उहाँले परिणाममा २० प्रतिशत महिलाको उपस्थिती नेपाल प्रहरीमा पुर्याउनुपर्ने बताए ।

    १०- प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ । प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत-चीनबीचको सहमतिको विरोध गरेका छन् । एमाले मुख्य सचेतक बर्तौलाले नेपाललाई जानकारी नदिएर भएको यो सहमतिको विरोध गर्दै यस विषयमा ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले लिपुलेकको विषयमा सबै राजनीतिक दल एक ठाउमा आउनुपर्ने बताउदै यस विषयमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै माओवादी केन्द्रका सांसद पूर्ण बहदुर घर्ति, एमाले सांसद ठाकुर गैरेले पनि लिपुलेकको विषयमा भएको सहमतिको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । एमाले सांसद गैरेले भारतले गलत दाबि गरेको भन्दै यो दाबि अत्यन्त डरलाग्दो भएको बताए । उनले नेपालले पेश गरेका प्रमाणले लिपुलेकसहितका भुमी नेपालकै रहेको पुष्टि हुने भन्दै यस विषयमा भारतको ध्यानकर्षण गराउनुपर्ने बताएका छन् । सांसद गैरेले भारतको अभिव्यक्ति र चीनसँगको सहमतिको सबै राजनीतिक दल र सांसदहरुले विरोध गर्नुपर्ने बताए ।

    ११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद शिव नेपाली र राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । सांसद नेपालीले लिपुलेकको जमिन रक्षा गर्न सरकार लाग्ने विश्वास व्यक्त गर्दै सत्तारुध दलले उपसभामुखलाई हटाउन खोजेर लोकतन्त्रको अपमान गरेको आरोप लगाएका थिए । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    १२-  निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले आन्दोलन शुरु गरेका छन् ।  विभिन्न माग राखेर उनीहरुले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले आन्दोलन सुरु गरेका हुन् । निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले माग पूरा नभए भदौ ९ गतेबाट विद्यालय बन्द गरेर आन्दोलन चर्काउने चेतावनी पनि दिएका छन् ।  निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले सरकारले आफ्ना मागहरू बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । भदौ ५ गते माइतीघरमा प्रधानाध्यापकहरू ब्यानरसहित प्रदर्शन गरेका हुन् । भदौ ६ गते देशभरका विद्यालय बसहरू कालो झण्डा झुण्ड्याएर नगर परिक्रमा गर्ने, काठमाडौंमा र्‍याली गर्ने र शिक्षा समिति तथा संसद घेराउ गर्ने कार्यक्रम तय गरेका हुन् ।

    १३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले सभापति रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोध भएको भन्दै शुरु गरेको हस्ताक्षर संकलन अभियान जारी राखेको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार आजसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ भने अभियानको लागि सहयोग रकम ६५ लाख संकलन भएको छ । प्रवक्ता झाका अनुसार हस्ताक्षर संकलन अभियान पश्चिम देखि पूर्वी नेपालको देश यात्रामा निस्किएको छ । बुधबारदेखि शुरु भएको ‘देश यात्रा’ सुदूरपश्चिमको कञ्चनपुरबाट सुरू भएको छ भने यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य दीपक बोहराले गरिरहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

    १४- कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा एमाले र कांग्रेसबीच वीवाद भईरहेका बेला मुख्यमन्त्री कँडेलले सभापति देउवासँग भेटवार्ता गरेका हुन् । कर्णालीमा सत्ता सहकार्यमा रहेका दुवै दलबीच केहि महिनादेखि विवाद चलिरहेको छ । मुख्यमन्त्री कँडेलले बुढानिलकण्ठस्थित निवासमा देउवासँग भेट गरेर कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भएको बताएका छन् ।

    १५- प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आराम गरिरहेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई बुधबार सामान्य ज्वरो आएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएका हुन् । अस्वस्थ भएपछि प्रधानमन्त्री ओली बुधबार संसदमा तय भएको प्रश्नोत्तरको कार्यक्रममा सहभागी भएका थिएनन् । प्रधानमन्त्री ओली आजपनि औपचारिक कार्यक्रम स्थगित गरी बालुवाटार निवासमा आराम गरिरहेको बताइएको छ ।

    १६- नेपालले लिपुलेक हुँदै भारत-चीनबीच भएको सीमा व्यापार सम्झौता बारे आफ्नो प्रतिक्रिया दिएको छ । म‌ंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणको क्रममा भएको सम्झौतामा लिपुलेक हुँदै भारत-चीनबीच भएको सीमा व्यापार गर्ने उल्लेख गरिएको विषयमा नेपालले आफ्नो धारणा स्पष्ट गरेको हो । परराष्ट्र मन्त्रालयले नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा लिपुलेक समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको उल्लेख गरेको छ । साथै नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण-विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै छ भन्दै परराष्ट्रले उक्त क्षेत्र नेपाली भू-भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको बताएको छ । त्यस्तै नेपाल-भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको परराष्ट्रले जनाएको छ ।

    १७- विश्वकै धनि एलन मस्कले राजनीतिक दल बनाउने आफ्नो योजनालाई स्थगित गरेका छन् । मस्कले आफ्ना सहयोगीहरूलाई आफ्ना कम्पनीहरूमा ध्यान केन्द्रित गर्न भन्दै राजनीतिक दललाई अगाडी बढाउने योजना स्थगित गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मस्कले २०२८ मा राष्ट्रपतिको लागि वर्तमान उपराष्ट्रपति जेडी भान्स उम्मेदवार बनेमा उनलाई सहयोग गर्ने मनसाय बनाएको बताइएको छ । ट्रम्पसँग सम्बन्ध तोडेपछि मस्क अहिले पनि भान्सको नजिक रहेको र यदि उनले उम्मेदवार हुने निर्णय गरेमा उनको २०२८ को राष्ट्रपति अभियानमा योगदान गर्ने सम्भावना रहेको बताइएको छ ।

    १८-  विश्व प्रसिद्ध अमेरिकी न्यायाधीश फ्र्याङ्क क्याप्रियोको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । क्याप्रियो अदालतमा आफ्नो हास्यव्यंग्य र हलुका सुनुवाइका लागि परिचित थिए । उनको इन्स्टाग्राम खातामा उनको निधन बारे जानकारी दिदै लेखिएको छ- ‘प्यान्क्रियाटिक क्यान्सरसँग लामो लडाइँपछि न्यायाधीश फ्र्याङ्क क्याप्रियोको ८८ वर्षको उमेरमा मृत्यु भयो ।’ न्यायाधीश क्याप्रियो लामो समयदेखि चलिरहेको रियालिटी टिभी कार्यक्रममा देखा परेका थिए । यो कार्यक्रम रोड आइल्याण्डको नगरपालिका अदालतमा आधारित थियो । यस रियालिटी टिभी कार्यक्रममा, न्यायाधीश क्याप्रियोको शैली र सहानुभूतिसहित गरिएका निर्णयहरूको लागि अत्यधिक प्रशंसा गरिएको थियो । क्याप्रियोलाई विश्वको राम्रो न्यायाधीश भनिन्थ्यो । मुस्कानसहित न्याय प्रदान गरेको उनको भाइरल भिडियो सामाजिक सञ्जालमा एक अर्बभन्दा बढी पटक हेरिएपछि उनी ‘संसारकै सबैभन्दा राम्रो न्यायाधीश’ भनेर चिनिन थालेका थिए । उनले कम आय भएका र निम्न बर्गको पक्षमा सधै व्यंग्य र संदेशसहित आफ्नो फैसला सुनाउने न्यायाधीशको छबि बनाएका थिए ।

    १९- संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही- ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले रुपन्देही- ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नै उम्मेदवार तय गर्न जिम्मेवारी दिने निर्णय गरेको हो । एभरेष्ट न्यूज एजेन्सी,

    २०-  इजरायलले ६० हजार रिजर्भ सिपाहीलाई ड्युटीमा बोलाउने निर्णय गरेको छ । गाजा शहर कब्जाको तयारीका लागि यो निर्णय गरिएको हो, जसको लागि आदेश जारी गरिएको छ । सैनिकहरूलाई ड्युटीमा सामेल हुनुभन्दा कम्तिमा २ हप्ता अगाडि सूचना दिइनेछ । पहिलो ब्याचमा, लगभग ४०-५० हजार सिपाहीहरूलाई सेप्टेम्बर २ मा बोलाइनेछ । दोस्रो ब्याच नोभेम्बर-डिसेम्बरमा र तेस्रो फेब्रुअरी-मार्च २०२६ मा बोलाइनेछ । यस समयमा, पहिले नै ड्युटीमा रहेका हजारौं रिजर्भ सिपाहीहरूको सेवा ३०-४० दिनले बढाइनेछ । समग्रमा, एक पटकमा लगभग १.३० लाख सिपाहीहरू ड्युटीमा हुनेछन् । यो अपरेशनलाई ‘गिदोनको रथ-बी’ नाम दिइएको छ । यस कार्यमा ५ सेना डिभिजनहरू संलग्न हुनेछन् । यसमा १२ ब्रिगेड-स्तरीय टोलीहरू हुनेछन्, जसमा पैदल सेना, ट्याङ्क, तोपखाना, इन्जिनियरिङ र समर्थन एकाइहरू समावेश हुनेछन् । यस बाहेक, गाजा डिभिजनका उत्तर र दक्षिण ब्रिगेडहरू पनि भाग लिनेछन् । इजरायली सेनाले गाजा शहर कब्जाको तयारी सुरु भएको बताएको छ । हाल, गाजा शहरको बाहिरी इलाकामा अपरेशन चलिरहेको छ । नाहल र ७औं आर्मर्ड ब्रिगेडले जैतुन क्षेत्रमा अपरेशन चलाइरहेका छन् । साथै, गिवती ब्रिगेडले अर्को क्षेत्र, जबालियामा काफ्र अपरेशन गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जसपाले सरकारमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलायो

  • हैजा संक्रमणपछि वीरगंजका विद्यालय आज र भोलि बन्द

  • साफ यू–१७ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दै

  • टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • समाचार
  • १

    जसपाले सरकारमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलायो
    २०८२ भाद्र ८, आईतबार

  • २

    हैजा संक्रमणपछि वीरगंजका विद्यालय आज र भोलि बन्द
    २०८२ भाद्र ८, आईतबार

  • ३

    साफ यू–१७ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दै
    २०८२ भाद्र ८, आईतबार

  • ४

    टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एकको अवस्था गम्भीर
    २०८२ भाद्र ८, आईतबार

  • ५

    पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु
    २०८२ भाद्र ८, आईतबार

  • ६

    यी चार प्रदेशमा मध्यम बर्षाको सम्भावना
    २०८२ भाद्र ८, आईतबार

  • ७

    थारु समुदायले आज विविध कार्यक्रम गरी अटवारी पर्व मनाउँदै
    २०८२ भाद्र ८, आईतबार

  • ८

    हेर्नुहोस् भदौ ८ गते आइतबारको राशिफल
    २०८२ भाद्र ८, आईतबार

  • ९

    ऋषि पञ्चमीको दिन गण्डकी प्रदेशका महिला कर्मचारीलाई समेत छैन् बिदा
    २०८२ भाद्र ७, शनिबार

  • १०

    फिल्म ‘जनै हराएको मान्छे’ हेरेपछि दर्शक भावुक
    २०८२ भाद्र ७, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution