२०८२ आश्विन २६, आईतबार
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाका अनुसार नेपालमा जापानिज इन्सेफ्लाइटिसबाट संक्रमितको संख्या पनि बढ्दै गएको छ।
लामखुट्टेका कारण जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको र अहिले पनि १०३ जनामा जापानिज इन्सेफलाइटिस संक्रमण देखिएको शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।
डा गौतमले खोप नलगाएका मानिसमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढी भेटिएको बताउनुभयो । सत्तरी प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ ।
सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपरासी पश्चिममा मृत्यु भएको हो ।
क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण भई बिरामीको मृत्यु हुने गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे