२०८२ आश्विन २८, मंगलबार
निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद गएपछि खाली भएको स्थानमा कार्तिक १७ गते उपनिर्वाचन हुने निर्णय गरको जानकारी दिएको छ ।
सर्वोच्च अदालतले २०८१ कार्तिक २० गतेदेखि रिक्त भएको प्रदेश सभा सचिवालय, गण्डकी प्रदेश, पोखराबाट जानकारी हुन आएको र प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै प्रदेश सभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने नेपालको संविधानको धारा १७६ को उपधारा ८ अनुसार उपनिर्वाचनको मिति तोकिएको आयोगले जानकारी दिएको छ ।
साथै आयोगले २०८२ असार १६ गते रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनको मिति तोकिएपश्चात् देशभर अद्यावधिक भई मिति भदौ २५ गतेमा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर अठार वर्ष पुग्ने निर्दिष्ट मिति कात्तिक १६ गतेलाई तोक्ने निर्णय समेत आयोगबाट भएको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे