जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार काबेली खोलाले नम्बर नखुलेका दुईवटा एस्काभेटर र दुईवटा टिपर बगाएको हो ।
सिरीजङ्घा गाउँपालिका–१ स्थित उक्त पावरहाउसबाट बगाएका दुई वटा एस्काभेटर भने करिब २० मिटर तल डुबेको अवस्थामा छन् भने दुई वटा टिपर भेटिएका छैनन् । बाँकी टिपरको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।
वर्षाकै कारणमाथिबाट पहिरो झरेपछि सिरीजङ्घा गाउँपालिका–५ पेदाङस्थित हाङमाया थुङ्गिीम (लिम्बू) को परिवार पूर्णरूपमा विस्थापित भएको छ भने अन्य पाँच घर जोखिममा परेको स्थानीय राजनीतिकर्मी खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जानकारी दिनुभयो ।
यस्तै सोही गाउँपालिका ७ नंम्बर वडामापर्ने महेन्द्र आधारभूत विद्यालयको खेलमैदानमा समेत क्षति पुगेको छ । नयाँ बन्दै गरेको भवन छेउबाट पहिरो झरेको वडा सदस्य जगत साम्यूले जानकारी दिनुभयो ।रासस
गएराति जिल्लाका विभिन्न ठाउँमा भारी वर्षाभएको थियो । वर्षाका कारण साना ठूला पहिरोले बर्खे बालीनालीमासमेत क्षति पुगेको स्थानीयले बताएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे