हिजो दिउँसो २ बजेतिर, प्रदर्शन चर्किदै गर्दा प्रहरीले चलाएको गोली सिधै सुवेदीको पेटमा लागेको थियो । पेट च्यातिँदै आन्द्रा बाहिर आएको थियो । तत्कालै बयोदा अस्पताल पुर्याइए पनि धेरै रगत बगेको थियो । डाक्टरले गरेको प्रयास असफल भयो र आज बिहान ९ बजे सुवेदीको निधन उनका जेठान मनिष बास्तोलाले जानकारी दिए ।
उनको निधनले केवल एउटा शरीरलाई मात्रै थामेन, एउटा परिवारको भविष्य नै लुटेको छ । घरमा ८ वर्षीया छोरी बाबाको प्रतिक्षामा छिन् । उनले बाबा कहिले आउने भनेर सोधिरहेकी छन् । उनको प्रश्नको जवाफ कसैले दिन सक्ने अवस्था छैन । आमाले छोरीलाई अँगालो हालेर रोइरहेकी छन्, तर आफैं अर्धचेत अवस्थामा छिन् ।
८७ वर्षका बुबा र ७२ वर्षकी आमा छोरा गुमाएको पीडामा एकछिन पनि होसमा बस्न सकेका छैनन् । सुवेदी सडक विभागमा सुरक्षा गार्डको काम गर्थे । दिनरात पसिना बगाएर परिवार पालिरहेका उनी ‘देश बर्बाद हुँदैछ, केही बोल्नुपर्छ’ भन्दै आन्दोलनमा उत्रिएका थिए । तर, आवाज उठाउने उनको आँटले आज उनको प्राण लियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे