भदौ २४ गते साँझ करिब ४:४५ बजे, प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा (कान्तिपुर मिडिया ग्रुप रहेको भवन) अवस्थित हाम्रो प्रमुख डाटा सेन्टरमा क्षति पुर्यायो।
यद्यपि हामीसँग ब्याकअप डाटा सेन्टरहरू रहेका छन्, यस्तो महत्वपूर्ण संरचना अचानक गुमाउँदा ती सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न पर्याप्त भएनन् र सेवा देशभर अवरुद्ध भयो।
हाम्रो प्राविधिक टोली तुरुन्तै खटाइयो, तर भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न सकिएन। त्यसबीचमा ब्याकअप डाटा सेन्टरमार्फत आंशिक रूपमा इन्टरनेट चलाउन सकियो। तर धेरै ग्राहक अझै प्रभावित भए। त्यतिबेला viaTV सेवा अनलाइन ल्याउन सकिएन किनभने पहिलो प्राथमिकता इन्टरनेट सेवा सुचारु गर्नु थियो।
भदौ २५ गते बिहान, सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि दिउँसो करिब १२ बजे हाम्रो प्राविधिक टोली भवनभित्र प्रवेश गर्न सक्यो। आंशिक रूपमा जलेको भवन, धुवाँ र भाँचिएका सिसामाझैँ खतरनाक अवस्थामै उनीहरूले जोखिम मोलेर आवश्यक सर्भरहरू सुरक्षित रूपमा बाहिर ल्याएर अर्को सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरे।
हाम्रो प्राविधिक टोलीको असाधारण प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ, र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य छ। viaTV सेवा पनि चाँडै सुचारु गरिनेछ।
हामी बुझ्छौं — यस्तो समयमा इन्टरनेट र टिभी सेवा कति जरुरी छ। यो असाधारण घटनाले हाम्रो नेटवर्कलाई
अझ मजबुत बनाउन थप प्रेरणा दिएको छ। ग्राहकवृन्दको धैर्य, विश्वास र साथका लागि धन्यवाद। भायानेट परिवारतर्फबाट — हामीसँगै रहनुभएकोमा धन्यवाद।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे