प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको जानकारी दिइएको छ ।
त्यस्तै हाल १३४ प्रदर्शनकारीको विभिन्न अस्पतालमा उपचार गराइरहेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएका छन् । त्यस्तै हाल प्रहरीहरु ५७ जना उपचाररत रहेको जानकारी दिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएका युवाहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएकी छन् ।
कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै आफुले आन्दोलनमा मृत्यु भएका सबैलाई शहिद घोषणा गर्ने निर्णय गरेको बताएकी हुन् । उनले अहिलेको व्यवस्था अनुसार सरकारले सबै शहिद परिवारलाई जनही १०-१० लाख दिने निर्णय समेत गरेको बताएकी छन् ।
साथै आन्दोलनका क्रममा घाइते भएका सबैको उपचार गर्ने र घाइतेका आफन्तहरु उपचारको क्रममा राजधानीमा बस्दाको खर्च समेत सरकारले बेहोर्ने बताएकी छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे