टेलिकमको गण्डकी प्रदेशस्थित महेन्द्रपुलमा रहेको भवनमा भदौ २४ गते तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको नेपाल टेलिकमले जनाएको छ।
कम्पनीले तोडफोड र चोरीका क्रममा हराएका रिचार्ज कार्डहरूको विवरण सार्वजनिक गर्दै ती कार्ड प्रयोग नगर्न आग्रह गरेको छ। साथै, फेला परेमा नजिकैको नेपाल टेलिकम कार्यालय वा प्रहरी कार्यालयमा बुझाइदिन समेत अनुरोध गरेको छ।
चोरी भएका रिचार्ज कार्डहरूमा 1125030123600001 देखि 1125030123606000 सम्मका ६० हजार, 1125030094510001 देखि 1125030094518000 सम्मका ८ हजार र अन्य 2 हजार वटा सयका र २ सय वटा ५० का रिचार्ज रहेको टेलिकमले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे