बर्दघाट नगरपालिकाका मेयर, उपमेयर, पूर्वमेयर र संविधान सभा सदस्य विक्रम खनाललगायतका नेताका घरमा भएको आगजनी र तोडफोडको घटनामा निर्वाचित जनप्रतिनिधि र नगरपालिकामा कार्यरत हालका कर्मचारी नै संलग्न भएको भेटिएपछि नगरपालिकाले कारबाही अघि बढाएको हो
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बुधबार मेयर शम्भुलाल श्रेष्ठ संयोजकत्वमा ७ सदस्य रहेको छानबिन समिति बनाइएको जानकारी दिए ।
तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधिको सबै सेवा सुविधा बन्द गर्ने र कर्मचारीलाई नगरपालिकाबाट हटाउनेसम्मको कारबाही गर्ने सहमति भएको मेयर श्रेष्ठले जानकारी दिए । प्रारम्भिक छानबिनमा कम्तीमा ८ जना ( जनप्रतिनिधि र कर्मचारी) तोडफोडमा संलग्न रहेको प्रमाण फेला परेको नगरपालिकाले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे