२०८२ आश्विन १२, आईतबार
काठमाण्डौको गोंगवु , कोटेश्वर , कलंकी र वल्खुवाट वाहिर जाने यात्रुको चाप निकै वढेको हो । तर दसैंको मुखमा घर जाने तयारी गरेका कतिपय यात्रुले भने टिकट नपाएको गुनासो गरेका छन् । टिकट नपाउँदा उनीहरु निरास बनेका छन् ।
पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिर जान लागेका यात्रुहरुले टिकट काट्न जाँदा बुक भइसकेको जवाफ पाएको गुनासो गरेका छन् । बस खाली भए पनि टिकट छैन भन्ने जवाफ काउन्टरका कर्मचारीले दिएको यात्रुहरु बताउँछन् । टिकट बुकिङ प्रणाली पारदर्शी नभएको तथा टिकट अभाव,अनलाइन प्रणालीको समस्या र दलालमार्फत दोब्बर भाडा तिरेर यात्रा गर्नुपरेको केही यात्रुहरुले बताए ।
काठमाडौंबाट बाहिरिने यात्रुको चाप उच्च रहेकोले पनि टिकट सजिलै पाउन नसकिएको हो । विभिन्न राजमार्गमा गएको पहिरोका कारण गाडीहरु काठमाण्डौं फर्कन समय लागेकोले पनि गाडी अभाव भएको बताईएको छ । असोज १३ गतेसम्मका लागि सबै टिकट बुक भइसकेको यातायात व्यवसायीहरूले बताएका छन् ।
करीब डेढ लाख मानिसहरु काठमाण्डौं उपत्यकाबाट बाहिरिएको प्रहरीको तथ्याङक छ । समयमै टिकट काटेका यात्रुहरू भने सहज रूपमा घर फर्केका छन् । दसैं मनाउन काठमाण्डौंबाट मानिसहरु आआफ्नो थातथलो फर्कन थालेपछि यतिबेला काठमाण्डौं उपत्यका बिस्तारै सुनसान बन्दै गएको छ । सधै भीडभाड देखिने सडक खाली जस्तै भएको छ भने सार्वजनिक स्थलहरू पनि पनि मानिसहरुको चहलपहल कम हुदै गएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे