२०८२ कार्तिक ९, आईतबार
त्यसबेला खुलातर्फ उम्मेदवार बनेर उनले ३४९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेका थिए । उनी अहिले पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि कायम रहेका छन् ।
मन्त्रीको शपथ लिनु अघि सुनार विभिन्न तीन अदालतमा मुद्दा चलिरहेका, पक्राउ पुर्जी जारी भएका र उनले महिला विरुद्ध अभद्र टिप्पणी गरेका विषय बाहिर आएका छन् । सुनार बारे विभिन्न विवादित विषय बाहिर आएपछि प्रधानमन्त्री सुशिला कार्की उनलाई मन्त्रीको शपथ खुवाउने या नखुवाउने भन्ने विषयमा छलफलमा रहेको बताइएको छ ।
सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य बाहिर आएको छ ।
सुनारविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा रहेको छ भने सुर्खेत जिल्ला अदालतमा उनीविरूद्ध मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा छ । त्यस्तै उनीविरुद्ध काभ्रे जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा रहेको छ ।

ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे