२०८२ कार्तिक ११, मंगलबार
दुर्घटनामा परि मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओम बहादुर अर्जेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा उनको पत्नी ४९ वर्षीय सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन् ।
घाइतेहरूलाई तत्काल उद्धार गरी आत्मीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको र उपचारको क्रममा ओम बहादुर अर्जेलको मृत्यु भएको प्रहरीले बताएको छ । उनकी पत्नीको अवस्था गम्भीर रहेको छ भने छोरा निशान्तको थप उपचारका लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार ओम बहादुर आफैले चलाएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे