२०८२ कार्तिक १२, बुधबार
गृहमन्त्रालयले सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपालले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गरेको हो ।
स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालविरुद्ध भ्रष्टाचारको मुद्धा लागेका कारण पूर्वप्रधानमन्त्रीको हैसियतमा रहेका सुरक्षाकर्मी फिर्ता गरिएको छ । हाल उनका सशस्त्र प्रहरीका १६ जना र नेपाल प्रहरीका २ जना सुरक्षाकर्मी रहेका थिए ।
पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेर मुद्धा दायर गरेको थियो ।
सो मुद्धामा भएको थुनछेक बहसपछि नेपाल गत असार ११ गते विशेष अदालतले तोकेको ३५ लाख धरौटी तिरेर रिहा भएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे