२०८२ मंसिर २७, शनिबार
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरुले शुभकामना दिने र उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै महाधिवेशनमा विदेशी पार्टीबाट आएका शुभकामना सन्देश पढेर सुनाइने तर विदेशी दलका प्रतिनिधिहरु नबोलाइएको उनले बताए ।



यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार महाधिवेशन भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति २४ वटा जनसंगठनहरूलाई प्रतिनिधित्व गराएर ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा रहनेगरी व्यवस्था गरिएको र उद्घाटनको दिनको जनसभालाई व्यवस्थित बनाउन १० हजार स्वयंसेवक परिचालन गरिने बताएका छन् ।
त्यस्तै जनपरिचालनका संयोजक डा. राजन भट्टराईले महाधिवेशनमा देशभरबाट झन्डै ३ लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने र कार्यक्रममा सहभागी हुन आउने नेता तथा कार्यकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको जानकारी दिएका छन् ।
त्यस्तै महाधिवेशनको दोस्रो दिन आइतबार काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने भएको छ । बन्दसत्रको अध्यक्षता १८ जना सचिवालयका सदस्यहरुले गर्ने भएका छन् । त्यस्तै महाधिवेशनबाट पार्टीले पारित गर्ने प्रस्तावको समायोजन गर्न उपमहासचिव प्रदिप ज्ञवालीको संयोजकत्वमा कमिटी बनाइएको र पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा माइन्युटिनङ कमिटी गठन गरिएको ज्ञवालीले जानकारी दिएका छन् ।
त्यस्तै एमालेको महाधिवेशनमा विधान संशोधन नहुने र गत भदौमा सम्पन्न विधान महाधिवेशनले तय गरे अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीको नै नेतृत्व छनौट हुने भएको छ ।
एमालेको यस महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी हुने भएका छन्, जसमा १०८ प्रतिनिधि मनोनित सचिवालयले मनोनित गरेको छ । एमालेमा २० प्रतिशत भन्दा बढी ४० बर्षका मुनीका प्रतिनिधि छानिएको र सोहि अनुसारनै केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने उपमहासचिव ज्ञवालीले जानकारी दिएका छन् । उनले केन्द्रीय कमिटीमा ४० बर्ष मुनिका कति प्रतिशत प्रतिनिधित्व गर्ने भन्ने बन्दसत्रमै छलफल हुने र निर्णय लिने बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे