२०८२ कार्तिक १९, बुधबार
यस सिरिजमा नेपालले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ भने युएईले ३ खेलमा एक जित र २ हर बेहोरेको छ । युएईले नेपाललाई पराजित गरेको थियो ।
नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १६ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ७ खेल जितेको छ ।
नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १९ खेलमा ५ जित र १२ हारसहित नेपालको १२ अंक छ । त्यस्तै १९ खेल खेलेको युएईको केबल ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।
यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे