२०८२ कार्तिक २९, शनिबार
२९ वटा संस्थागत विद्यालयको सहभागिता रहेको प्रतियोगिताको हरेक विद्यालयबाट तीन जना विद्यार्थीको एउटा समूह रहेको थियो । अत्यन्तै कडा स्पर्धाबीच सम्पन्न प्रतियोगितामा रत्ननगरस्थित भानु मेमोरियल इङ्ग्सि बोर्डिङ स्कुलले पहिलो स्थान हासिल गरेको छ । पहिलो हुने समूहबाट सनम थापा, शुबश्री बराल र रचना खड्काले स्पर्धा गरेका थिए । पहिलो हुने विद्यालयले १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै गोल्डेन फ्युचर इङ्ग्लिस स्कुलले दोस्रो हुँदै नगद पुरस्कार सात हजार र प्रमाणपत्र प्राप्त गरेको छ । यो समूहबाट आरती अधिकारी, शिवानी गुरुङ र सनम लामिछानेले प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी, आयोजक अङ्कुरम् एकेडेमीका पल्लव अधिकारी, विनिशा घिमिरे र आराध्या बानियाँको समूहले तृतीय स्थान हासिल गरेको छ । तेस्रो हुने समूहले नगद पुरस्कार पाँच हजार र प्रमाण पत्र पाएको छ ।
प्रतियोगितामा वाल्मीकि शिक्षा सदनले नगद पुरस्कार तीन हजारसहित सान्त्वना स्थान सुरक्षित गरेको थियो । वाल्मीकिबाट ममता सापकोटा, अनामिका खत्री र सम्मान त्रिपाठीले स्पर्धा गरेका थिए । २९ वटै विद्यालयबाट कक्षा ७ देखि १० सम्मका विद्यार्थीले स्पर्धा गरेका थिए ।
नेपाली भाषालाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमले निजी विद्यालयहरू नेपाली विषयमा कमजोर भएको बजार हल्ला निराधार भएको बताइएको थियो । भाषाको श्रृवृद्धिका लागि यस्ताखाले कार्यक्रम निरन्तर आयोजना हुनुपर्नेमा जोड दिइएको थियो ।
विद्यालयका आवासीय निर्देशक र्नइम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन नेपाली विभाग प्रमुख पदमप्रसाद भुर्तेलले गरेका थिए । कार्यक्रममा पोखरा फिस्टेल एकेडेमीका नेपाली शिक्षक एवं कवि प्रेमनारायण ढकाल मुख्य निर्णायक रहेको प्रतियोगितामा ग्लोरियस एकेडेमीका भरतबाबु ढकाल र आदर्श पब्लिक स्कुलका अमृत ढकाल निर्णायक रहेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे