२०८२ मंसिर २२, सोमबार
विद्यालयको ५० औँ बार्षिकोत्सव तथा स्वर्ण जयन्तीको अवसरमा सो प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले जानकारी दिनुभयो।



भजन प्रतियोगिताका लागि आज सोमबार दिउसो ४ बजेसम्म टीम दर्ता गर्न शर्माले आग्रह गर्नुभयो। भोलि बिहान १० बजेदेखि भजन प्रतियोगिता शुरु हुनेछ। एउटा भजन समूहलाई १० मिनेटको समय छुट्याईएको छ भने एउटा टीममा १० जना मात्र हुनुपर्नेछ।
भजन प्रतियोगितामा प्रथम हुने समूहले १५ हजार जीत्न सक्नेछन्। दोस्रो समूहले १० हजार, तेस्रो समूहले ७ हजार तथा सान्त्वना पुरस्कार स्वरुप ५ हजार र प्रमाणपत्र जीत्न सक्ने शर्माले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे