२०८२ माघ २४, शनिबार
पूर्वी नवलपरासीको दुई वटा निर्वाचन क्षेत्रवाट प्रतिनित्व गर्ने ५० जना महाधिबेशन प्रतिनिधि मध्ये ४२ जना महाधिबेशनमा जाने पार्टीका जिल्ला उपसभापति बालकृष्ण घिमिरेले दावी गरेका छन । यहाका आठवटै पालिकाका पार्टी सभापति समेत बिशेष महाधिबेशनको पक्षमा खुलेर लागेका छन ।



कांग्रेस केन्द्रीय सदस्य डा शशांक कोइराला पक्षधर रहेका ८ जना महाधिबेशन प्रतिनिधिहरु भने महाधिबेशनको बिरुद्ध उभिएका छन । महामन्त्रीद्धयले बोलाएको महाधिबेनमा जान हुदैन भन्दै आएका कोइरालाको यहा जिल्लामा बिरोध शुरुभएको छ ।
बिशेष महाधिबेशनको माग गर्दै पूर्वी नवलपरासीका ३५ जना महाधिबेशन प्रतिनिधिले अघिल्लो महिना बिषेश महाधिबेशन बोलाउने अभियानमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर अभियानको नेतृत्व गरेका नेपाली कांग्रेस नवलपरासीका उपभापति बालकृष्ण घिमिरेका अनुसार बुधवार सांझ सम्म कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसी सहित ४२ जना महाधिबेशन प्रतिनिधि आउदो पुस २६ गते काठमाण्डौ जाने ब्यबस्था भएको जानकारी दिए ।
जिल्लामा कांग्रेस केन्द्रिय सदस्य डा शशांक कोइराला सहित ८ जना भने महाधिबेशनको बिपक्षमा देखिएका छन । बि‘शेष महाधिबशनको बिपक्षमा रहेका कोइराला जिल्लामा अल्पमतमा परेका छन ।
नेपाली कांग्रेसको आसन्न महाधिबेशनका पार्टी सभापति शेरबहादुर देउवाको पछिलागेर डा शशांक कोइरालाले जेनजी आन्दोलन र पार्टी बिधानको मर्म बिपरित काम गरेको भन्दै सामाजिक संजालमा कोइरालाको यहा जिल्लामा चर्को बिरोध भैरहेको छ । पूर्वी नवलपरासीमा महाधिबेशन प्रतिनिधि मध्ये २ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गरिसकेका छन ।
पश्चिम नवलपरासीमा बिशेष महाधिबेशनको नेतृत्व गरेका कांग्रेस नेता भरतथापाका अनुसार जिल्लावाट १७ जना महाधिबेशन प्रतिनिधि काठमाण्डौ जादै छन । सुनवल नगरपालिकाका पूर्व मेयर थापाले पार्टीलाई बुढाहरुको पन्जावाट मुक्त गर्न यो महाधिबेशनको बिशेष राजनैतिक अर्थ रहेको सुनाए । नेता थापा जिल्लामा लोकप्रिय नेता हुन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे