२०८२ माघ २४, शनिबार
विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्ने दिशामा अग्रसर भएपछि मध्यमार्गी नेताहरुले सहमतिको खाका तयार गरेर दुवै पक्षबीच छलफल सुचारु भएको हो । धादिङ जिल्लाका सभापति रामनाथ अधिकारी, चितवनका राजेश्वर खनाललगायतका नेताहरुले तीन बुँदे सहमतिको प्रस्ताव तयार गरेर छलफलमा जुटेको बुझिएको छ । उनीहरुले विशेष महाधिवेशनलाई पार्टीको केन्द्रीय समितिले स्वामित्व लिने, सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा हस्ताक्षर गर्ने अधिकार कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई दिने, विशेष महाधिवेशनमा प्रस्तुत भएका दस्ताबेजलाई पार्टीले स्वीकार गरेर कार्यान्वयन गर्ने लगायतका प्रस्तावमा छलफल गरिरहेको बताइएको छ ।



सभापति शेरबहादुर देउवासहितका संस्थापन पक्ष विशेष महाधिवेशनलाई स्वीकार गर्न अहिलेसम्म तयार देखिएका छैन । तर विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधि सहभागी भएपछि उनी दबाबमा परेका छन् । सहमतिमा नल्याएर नयाँ नेतृत्व चयन भएमा चुनावको मुखमा पार्टी कानुनी झमेलामा पर्ने र नोक्सान हुने बुझेका देउवा अब महामन्त्रीद्वयसँग सहमति गरेर अगाडी बढ्न तयार हुन सक्ने आंकलन गरिएको छ ।
तर देउवा निकट नेताहरुले विशेष महाधिवेशनलाई नै स्वीकार नगरेको अवस्थामा कसरी अगाडी बढ्छ भन्ने चासो बढेको छ । काँग्रेसले मंगलबार बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको र विशेष महाधिवेशन पनि मंगलबारसम्म लम्बिएपछि नेताहरुबीच सहमतिको प्रयास जारी रहेको बुझ्न सकिन्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे