२०८३ श्रावण ५, मंगलबार


विश्वप्रकाश शर्माले घिमिरेलाई महामन्त्री बनाउन आफुले नाम फिर्ता लिएपछि अब घिमिरे र पौडेल विशेष महाधिवेशनबाट महामन्त्री बन्ने निश्चित भएको हो । काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची सार्बजनिक गर्ने तयारीमा रहेको छ ।। काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन हुने निश्चित रहेको छ ।
त्यस्तै उपसभापतिमा फरमुल्लाह अन्सारीको उम्मेदवारी परेको छ भने सहमहामन्त्रीमा बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले नयाँ नेतृत्वको चयन सर्वसम्मत गर्न लागेकोले केहीबेरपछि नै घोषणा हुने बताइएको छ । काँग्रेसको विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे