२०८३ श्रावण ४, सोमबार


एमालेको सचिवालय बैठकले दैलेख-२ बाट रिजाललाई टिकट नदिएपछि उनले पहिलो नम्बरमा सिफारिस हुदा पनि नेतृत्वको रोजाईमा तेस्रो पटक पर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनी दोलखा-२ मा मतदानबाटै पहिलो नम्बरमा सिफारिस भएका थिए । तर पार्टीले सिफारिसमा दोस्रो नम्बरमा रहेका लक्ष्मी पोखरेललाई टिकट दिएको छ ।
उनले भनेका छन्- ‘यस पटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा (एमाले) का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिश भएको थिएँ । जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिश गरेका थिए । तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन ।’
उनले आफु राजनीतिमा स्वेच्छाले लागेको बताउदै दैलेखी जनता, देश र पार्टीलााई सकेको योगदान गर्नमा कुनै कसर बाँकी राख्ने बताएका छन् । उनले भनेका छन्- ‘मैदानमै छु, मैदानमै हुनेछु । २९ बर्षअघि ०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएयताको मात्रै अवधि गणना गर्दा पनि २९ बर्ष भएछ । कुनै पद पाइएन भने पनि अर्को २९ बर्ष कम्तीमा यही क्षेत्रमा रहनेछु ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे