२०८३ श्रावण ४, सोमबार


फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत माग ६ गते मंगलबार उम्मेदवारको मनोनयनको कार्यतालिका रहेको छ । काँग्रेसको विवाद सर्वोच्च अदालतमा पुगेपछि देउवा पक्षले दायर गरेको रिटमा मंगलबारको मनोनयन दर्ता रोक्नुपर्ने माग गरेको हो ।
देउवा पक्षले सर्वोच्चमा दिएको रिटमा उम्मेदवारी चयन रोक्न, निर्वाचन आयोगले दिएको निर्णय बदर गर्न र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग गर्न माग गरेको छ । आज पेश भएको रिट दर्ता भएर मंगलबार पेसी तोकिने बताइएको छ ।
यसैबीच देउवा पक्ष आजै निर्वाचन आयोग पुगेर सर्वोच्चमा रिट दर्ता भएको र गगन थापा पक्षको उम्मेदवारी चयन र मनोनयन दर्ता रोक्न र मनोनयनको अर्को मिति तोक्न परमादेश पनि माग गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे