• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ४, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

गुल्मी क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार सागर ढकालको चर्चा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ माघ १०, शनिबार

  • १८३ पटक पढिएको
  • काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक गुल्मीको १ नम्बर क्षेत्र पनि रहेको छ ।

    चन्द्र भण्डारी, प्रदीप ज्ञवाली र सागर ढकालको यसक्षेत्रबाट उम्मेदवारी दिएका कारण यो क्षेत्र चर्चामा रहेको छ र यो क्षेत्रमा सबैको नजर रहेको छ ।

    गुल्मी १ क्षेत्रमा कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, रुरु गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ७ नम्बर देखि १४ नम्बरसम्मका वडा समेटिएको छ ।

    गुल्मी-१ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख २२ हजार १८६ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १५५ मतदान केन्द्र तोकिएको छ ।

     

    पछिल्लो निर्वाचन

    यसअघि २०७९ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा गुल्मी- १ बाट नेपाली काँग्रेसका चन्द्र भण्डारी विजयी भएका थिए । उनले ३३ हजार ७४४ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै एमाले नेता प्रदीप ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गरेका थिए । त्यस्तै रास्वपाका दामोदर भण्डारीले १८८२ मत प्राप्त गरेका थिए ।

    त्यस्तै २०७९ सालको निर्वाचनमा समानिपतिक तर्फ भने यस क्षेत्रबाट एमालेले सबैभन्दा बढी २८ हजार ४५३ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली काँग्रेसले २३ हजार ४१३ मत प्राप्त गरेको थियो भने रास्वपाले ८ हजार ११६ मत प्राप्त गरेको थियो । त्यसैगरी यस क्षेत्रमा तत्कालिन माओवादी केन्द्रले ६ हजार २५७ मत प्राप्त गरेको थियो ।

     

    उम्मेदवार

    गुल्मी- १ मा यस पटक नेपाली काँग्रेसका चन्द्र भण्डारी फेरी एक पटक उम्मेदवार बनेका छन् । त्यस्तै एमालेबाट पनि नेता प्रदीप ज्ञवालीलाई नै पुन: दोहोरिएका छन् । त्यसैगरी रास्वपाबाट यस क्षेत्रमा सागर ढकाल उम्मेदवार बनेका छन् । उनी यसअघि स्वतन्त्र रुपमा डडेल्धुरामा उम्मेदवार बनेर काँग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिने प्रयास गरेका थिए । त्यस्तै यस क्षेत्रमा नेकपाबाट सुदर्शन बराल उम्मेदवार छन भने राप्रपाबाट अजित कुमार श्रेष्ठ उम्मेदार बनेका छन् ।

     

    निष्कर्ष

    गुल्मी-१ मा २०७४ मा एमाले नेता प्रदीप ज्ञवाली विजयी भएका थिए भने २०७९ मा काँग्रेसका चन्द्र भण्डारी विजयी भएका थिए । यस क्षेत्रका मतदाताले दुवैलाई पालैपालो जिताएका छन् । २०७९ को निर्वाचनमा माओवादी केन्द्र र काँग्रेसको गठबन्धन रहेकाले भण्डारीलाई चुनाव जित्न सजिलो भएको थियो । तर यस पटक सबै दल अलग अलग बिना गठबन्धन चुनावमा गएकाले नतिजा कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न गार्हो छ ।

    राष्ट्रिय राजनीतिमा चर्चित नेता भण्डारी र ज्ञवालीलाई चुनौती दिदै यस पटक रास्वपाबाट उम्मेदवार बनेर सागर ढकालको इन्ट्रीले गुल्मी-१ लाई चर्चामा ल्याएको छ । परिवर्तन हुनुपर्छ र राजनीतिमा युवाले हस्तक्षेप गर्नुपर्छ भन्ने अभियान नै चलाएका ढकाल अघिल्लो चुनावमा डढेल्धुरामा उम्मेदवार बनेर तत्कालिन काँग्रेस सभापति देउवालाई चुनौती दिएका थिए । देउवाले २५ हजार ५३४ मत प्राप्त गरेर विजयी हुदा सागरले १३ हजार ४२ मत प्राप्त गरेका थिए ।

    यस पटक रास्वपामा प्रवेश गरेर उम्मेदवार बनेका सागर आफ्नो जिल्ला गुल्मी आएका छन् । उनले चुनावमा कस्तो प्रभाव पार्छन्, त्यो अहिलेनै भन्न सकिने अवस्था छैन । तर शुरुवाती समयमा उनले युवा मतदातालाई धेरै हदसम्म प्रभाव पारेका छन्, जसले भण्डारी र ज्ञवालीको चुनावी गणित बिगारिदिने संकेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक

  • सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन यातायात बिभागको आग्रह

  • शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ जना बेपत्ता

  • प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै

  • समाचार
  • १

    सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक
    २०८३ श्रावण ४, सोमबार

  • २

    सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन यातायात बिभागको आग्रह
    २०८३ श्रावण ४, सोमबार

  • ३

    शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ जना बेपत्ता
    २०८३ श्रावण ४, सोमबार

  • ४

    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    २०८३ श्रावण ४, सोमबार

  • ५

    लगातार दोस्रो विश्वकपमा एम्बाप्पेले जिते गोल्डेन बुट
    २०८३ श्रावण ४, सोमबार

  • ६

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ४, सोमबार

  • ७

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • ८

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • ९

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • १०

    विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित
    २०८३ श्रावण ३, आईतबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution