२०८३ श्रावण ४, सोमबार


शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकार आफूहरूलाई दुःख दिने र अपमान गर्नतिर लागिरहेको भन्दै निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने बताए।
शुक्रबार आफू झापाबाट काठमाडौं फर्किँदा विमानस्थलमा अपमानित हुनपरेको बताउदै ओलीले माथिको आदेश भन्दै आफूलाई सुन तस्करझैँ चेकजाँच गरेको बताए ।
ओलीले नयाँ नाममा उदाएका पार्टीहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गर्दै अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको बताए ।
ओलीले सो कार्यक्रममा सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालसहित अन्य लगानीकर्ताहरुलाई एमालेमा प्रवेश गराएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे