२०८३ श्रावण ४, सोमबार


शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले कुनै दल वा उम्मेदवारको पक्षमा उभिएर भूमिका खेल्न सक्ने अवस्था देखिएको भन्दै त्यस्तो नतिजा स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।
उनले भने- ‘यदि सरकार यसलाई जिताउने, उसलाई हराउने उद्देश्यले अघि बढ्छ भने त्यस्तो निर्वाचन र त्यसको परिणाम स्वीकार्य हुँदैन । सरकार स्वयं पक्षधर बनेर कसैलाई जिताउने र कसैलाई हराउने गतिविधिमा लागे त्यो भन्दा ठूलो अनिष्ट अरू केही हुँदैन ।’
ओलीले निर्वाचन आयोगको स्वीकृति नलिई ठूलो संख्यामा कर्मचारी र सुरक्षाकर्मीको सरुवा गरिएको प्रति पनि आपत्ति जनाएका छन् । उनले काम गरिरहेका अधिकारीहरूलाई समय नपुग्दै हटाएर नयाँ कर्मचारी पठाउनुको उद्देश्य के हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
ओलीले निर्वाचन गर्ने हो भने स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्छ भन्दै सरकारको प्रमुख जिम्मेवारी स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु भएको बताएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे