२०८३ अषाढ ३, बुधबार
कार्यक्रमको विशिष्ट अतिथि आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर सम्बन्धी नीति नियमहरुका बारेमा नजान्दा व्यवसायीहरु दण्ड जरिवानामा पर्ने भएकाले व्यवसायीहरुले करका नीति नियमहरुको बारेमा जान्नुपर्ने बताउनुभयो । उहाँले प्रशिक्षकहरुलाई करका बारेमा बजारमा आएको समस्याका विषयलाई ध्यानमा राखेर सिकाउनु पर्ने बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
तालिमको उद्घाटन सत्रमा चितवन उद्याोग वाणिज्य संघको निर्वतमा अध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष दय नारायण प्रधान, जनक पौडेल, कार्यकारी निर्देशक निलबहादुर के.सी, लगायत कार्यसमिति सदस्य, इच्छाकामना उद्योग वाणिज्य संघका पदाधिकारी कार्यसमिति लगायत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे