२०८३ अषाढ ३, बुधबार
गएराती करिब २ बजे भएको दुर्घटनामा परेर स्याङ्जा फेदीखोला -५ घर भई पोखरा-७ मासबार बस्ने वर्ष २४ का अदित गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा पामे सडकको गैह्राको चौतारा नजिक कार दुर्घटना भएको खबरपछि कालिका गणको गोताखोरसहितको २१ जनाको टोली उद्धारमा खटिएको थियो ।
तालबाट गुरुङलाई अचेत अवस्थामा तालबाट उद्धार गरी अस्पताल पठाएकोमा उपचारको क्रममा करिब साढे ४ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । तालमा खसेको बीएए १५८२ नम्बरको कारलाई क्रेनको सहायताले घटनास्थलबाट बाहिर निकाली थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे