२०८३ श्रावण ३, आईतबार


नेपाली काँग्रेसले बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभामा बोल्दै काँग्रेसले सार्बजनिक गरेका प्रतिज्ञा सत्तामा रहेपनि प्रतिपक्षमा रहेपनि पार्टीका सबै तहका नेताले पालना गर्ने बताएका हुन् ।
उनले काँग्रेसले नेपालीलाई सम्मानित भएर बाच्न सक्ने बनाउने प्रतिज्ञा काँग्रेसले गर्ने बताएका छन् । उनले काँग्रेसले प्रश्न गर्ने युवा भदौ २३ मा जस्तो मर्न पर्दैन भन्दा अब नकाब लगाएर सिंहदरबार जलाउन नपर्ने प्रतिज्ञा काँग्रेसले गर्ने बताए ।
उनले घुस दिन नपर्ने, किसानले मल नपाउने, लाइन बसेर सेवा लिन नपर्ने सबै अवस्था बदल्ने काँग्रेसले प्रतिज्ञा गरेको बताउदै यी सबै लेख्न र भन्नका लागि नगरेको स्पष्ट गरे । उनले स्वास्थ्य, कृषि, शिक्षा, महिला लगायतका २७ क्षेत्रमा काम गर्ने गरी आफुहरुले प्रतिज्ञा पत्र ल्याएको बताए।
उनले काँग्रेसलाई एक्लै देश बन्छ भन्ने भ्रम नरहेको स्पष्ट गर्दै काँग्रेसले देशको नेतृत्व गर्ने भन्दै सबै दल, निर्वाचित जान प्रतिनिधिलाई एउटा टिम बनाएर देश बनाउने बताए । उनले टिम नेपालले सबैलाई जोडेर देशमा रहेको सुशासन र गरिबीलाई हराउने भन्दै काँग्रेसले अबको पाँच बर्ष खेर नफाल्ने बताए ।
थापाले मधेशको वित्तीय संरचना खलबलिएको बताउदै जनकपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै मिटरब्याज, लघुवित्त र सहकारीको समस्या समाधान गर्ने बताए । उनले भने, ‘सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने मात्रै होइन, हामी मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौँ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे