२०८३ श्रावण २, शनिबार


ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार ट्रेकिङ तथा उड्डयन क्षेत्रका कम्पनीहरूले स्वास्थ्य समस्या परेको विदेशी पर्यटक उद्धार गरेको देखाई बीमा रकम दावी गरी गैरकानुनी आर्थिक लाभ उठाएको पाइएको छ । यसमा माउन्टेन रेस्क्यू सेवा प्रालि, एभरेस्ट एक्सपीरियन्स एण्ड एसिस्टेन्स प्रालि, नेपाल चार्टर सेवा प्रालि लगायतका कम्पनीहरूले सरकारी अभिलेखमा हेरफेर गरी रेस्क्यू सेवाको बिल र चिकित्सकीय विवरण तयार गरी बीमा रकम दावी गरेको खुलासा भएको छ ।
नक्कली उद्धारको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित भएपछि यस विषयमा मुलुकी अपराध संहिता, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अनुसार कानुनी कारबाही अघि बढाइएको छ ।
हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमा एजेन्ट र हेलिकप्टर कम्पनीका शेयरधनीसहित नौ जनालाई पक्राउ गरी अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।
पक्राउ परेकामा रोयल हलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनी प्रालि, ठमेलका २८ बर्षिय सन्दिप तिवारी, विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्र बहादुर सिंह रहेका छन् ।
ब्यूरोले यस विषयमा थप अनुसन्धान भईरहेको छ र आवश्यक कारबाही अघि बढाइने बताएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे