• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ९, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

अमेरिकामा श्रीमती र छोरीको हत्या गरेका थापाको प्रहरीको गोलीबाट मृत्यु

२०८२ फागुन १२, मंगलबार
२

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

२०८२ फागुन ११, सोमबार
३

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
४

टी- २० विश्वकपको सुपर आठमा आज श्रीलंका र इङल्याण्डको भिड्दै

२०८२ फागुन १०, आईतबार
५

गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षाको सम्भावना

२०८२ फागुन १०, आईतबार
६

वेस्ट इन्डिजलाई हराउदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

२०८२ फागुन १८, सोमबार
७

साम्बाको निःशुल्क उपचार गर्न काठमाडौं मेडिकल कलेजको प्रस्ताव

२०८२ फागुन १२, मंगलबार
८

एन्फाबाट उपचारमा सहयोग नपाएपछि साम्बाले गरिन् सहयोगको याचना

२०८२ फागुन ११, सोमबार
९

सिंहदरबारमा नयाँ संसद भवन निर्माणमा करिब चारसय मजदूर २४ सै घण्टा काम गर्दै

२०८२ फागुन २८, बिहिबार
१०

आज फागु पूर्णिमा, पहाडी जिल्लामा होली पर्व मनाईँदै

२०८२ फागुन १८, सोमबार
११

रुपन्देही- २ मा ५६ हजार ५५० मतसहित रास्वपाका सुलभ खरेल विजयी

२०८२ फागुन २३, शनिबार
१२

यी हुन ५० हजार मत कटाएर विजयी हुने रास्वपाका ४ जना उम्मेदवार

२०८२ फागुन २३, शनिबार

सिंहदरबारमा नयाँ संसद भवन निर्माणमा करिब चारसय मजदूर २४ सै घण्टा काम गर्दै

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ फागुन २८, बिहिबार

  • ७७ पटक पढिएको
  • काठमाडौं । संघीय संसदका लागि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको मुख्य हल तत्काल सञ्चालन गर्न भने केही समय लाग्ने भएको छ । श्रेष्ठका अनुसार प्रारम्भिक योजना अनुसार प्रतिनिधि सभाको मुख्य हलमा हुने फल्स सिलिङको काम फागुन १४–१५ भित्र सम्पन्न गरी त्यसपछि कार्पेट बिछ्याउने, माइक तथा अडियो–भिडियो प्रणालीको केबलिङ गर्ने र आवश्यक फर्निचर जडान गर्ने तयारी गरिएको थियो । तर प्राविधिक जटिलता देखिएपछि उक्त काम सोचेअनुसार समयमा सम्पन्न हुन नसकेको बताए ।

    ‘प्रतिनिधि सभाको मुख्य हलमा भइरहेको फल्स सिलिङको काममा केही प्राविधिक समस्या आयो । त्यसका कारण काम अपेक्षित गतिमा अघि बढ्न सकेन । त्यसैले मुख्य हल पूर्णरूपमा तयार हुन अझै करिब १०–१२ दिन लाग्ने देखिएको छ ।’  मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरिने भएको छ । श्रेष्ठका अनुसार नयाँ बनिरहेको संसद भवनभित्रकै अर्को हललाई अस्थायी रूपमा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ ।

    उनले भने, ‘हामीले अहिले त्यही भवनभित्रको अर्को हललाई प्रतिनिधि सभा सञ्चालन गर्न सक्नेगरी तयार पारेका छौं। करिब करिब सबै तयारी पूरा भइसकेको छ। अब दुई–तीन दिनभित्रै उक्त हल तयार भएर संसद सचिवालयलाई हस्तान्तरण गर्न सकिने अवस्थामा पुग्नेछ ।’ यो वैकल्पिक हलमा प्रतिनिधि सभालाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहनेछन्। यहाँ नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने आवश्यक परे प्रतिनिधि सभाको बैठकसमेत सञ्चालन गर्न मिल्ने व्यवस्था गरिनेछ।

    राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ । श्रेष्ठका अनुसार चैत १ गते संसद सचिवालयलाई हस्तान्तरण गर्ने भनिएको संरचना सम्पूर्ण संसद भवन भने होइन। ‘हामीले सम्पूर्ण भवन हस्तान्तरण गर्ने भनेका होइनौ । त्यो मितिमा प्रतिनिधि सभा सञ्चालन गर्न मिल्ने हल मात्र हस्तान्तरण गर्ने योजना हो।’

    उनका अनुसार संसद भवन निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ। साइटमा दैनिक करिब ३८० देखि ४१० जनासम्म कामदार तीन शिफ्टमा २४ सै घण्टा काम गरिरहेका छन्। विभागका प्राविधिक कर्मचारीहरू समेत निरन्तर रूपमा साइटमा खटिएर कामको अनुगमन गरिरहेका छन्।

    उनले अब डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने अनुमान रहेको जानकारी गराए । श्रेष्ठले भने, ‘पछिल्लो दुई महिनामा निर्माण कार्य निकै तीव्र गतिमा अघि बढेको छ। प्राविधिक टोली र कामदारहरू तीन शिफ्टमा निरन्तर काम गरिरहेका छन्। यस हिसाबले अब करिब एकदेखि डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने हाम्रो अनुमान छ ।’

    संसद भवन निर्माणमा समय केही लम्बिनुका विभिन्न कारण रहेको उनले बताए। निर्माण सुरु हुनु अघि सो स्थानमा नेपाली सेनाको चण्डीदल गण तथा अर्को सैन्य युनिट रहेकाले उनीहरूलाई स्थानान्तरण गर्नुपर्ने अवस्था थियो। त्यसका लागि नयाँ स्थानमा आवश्यक संरचना निर्माण गरी सेनालाई व्यवस्थित रूपमा सार्न समय लागेको उनले बताए ।

    त्यसपछि सुरु भएको निर्माण कार्य कोभिड–१९ महामारीका कारण प्रभावित भएको थियो। महामारीका बेला लागू गरिएको लकडाउन तथा अन्य प्रतिबन्धका कारण निर्माण कार्य केही समय रोकिएको अवस्था रहेको श्रेष्ठले बताए ।

    त्यसैगरी संसद भवनमा प्रयोग हुने केही विशेष सामग्री विदेशबाट आयात गर्नुपर्ने भएकाले समयमै सामग्री उपलब्ध नहुँदा पनि काम प्रभावित भएको उनले उल्लेख गरे।‘विदेशबाट ल्याउनुपर्ने सामग्री समयमा नआउँदा कतिपय काम रोकिनुपर्ने अवस्था आयो र त्यो हाम्रो नियन्त्रण बाहिरको विषय पनि थियो ।’

    निर्माण अवधिभर विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनले पनि काममा असर पु¥याएको उनले बताए । उनका अनुसार कुनै आन्दोलन एक–दुई दिन मात्र भए पनि त्यसको असर निर्माण कार्यमा झण्डै १०–१२ दिनसम्म पर्न सक्ने अवस्था हुने गरेको छ । यद्यपि समय लम्बिए पनि परियोजनाको लागत भने नबढ्ने उनले स्पष्ट पारे ।

    श्रेष्ठका अनुसार संसद भवनको सिभिल निर्माणतर्फ करिब ५ अर्ब ५० देखि ६० करोड रुपैयाँ हाराहारी खर्च हुने अनुमान छ भने इन्टेरियर निर्माणका लागि थप २ अर्ब ३४ करोड रुपैयाँ लागत रहेको छ । उनले भने,‘थप आर्थिक भार यसमा केही पनि पर्दैन। समयको हिसाबले अलिकति बढी समय लाग्न गयो तर हामीले जुन सुरुमा सम्झौता गरेको रकम छ। सम्झौता लागतमा बढ्दैन। सम्झौता लागत भित्रै निर्माण कार्य सम्पन्न हुन्छ । समय बढी लाग्यो भन्दैमा राज्यलाई थप आर्थिक व्यहोर्न पर्दैन । ५ अर्ब ५० – ६० करोडको हाराहारी त्यसमा इन्टरियरको अर्को २ अर्ब ३४ करोड हो यति हो यही लागत भित्र नै भवन सबै सम्पन्न हुन्छ ।’
    करिब १५० रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद भवन तयार भएपछि संघीय संसदका सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन् ।

    यसअघि संसद बैठक सञ्चालनका लागि प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भने मूलतः सम्मेलन र अन्य कार्यक्रमका लागि निर्माण गरिएको संरचना हो । संविधानसभाको निर्वाचनपछि सांसदहरूको संख्या बढेपछि अस्थायी रूपमा त्यही भवनलाई संसद बैठकका लागि प्रयोग गरिएको थियो। अब उक्त भवनलाई सम्मेलन केन्द्र कै हिसाब ले अगाड़ी बढ़ाइने छ । अब नयाँ संसद भवन पूर्णरूपमा तयार भएपछि संसदका सबै गतिविधि सोही भवनबाट सञ्चालन हुने र संसदका लागि आवश्यक सम्पूर्ण पूर्वाधार एउटै परिसरभित्र उपलब्ध हुने बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान सुरु

  • श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुबिधा नपाउने

  • ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले बुधबार शपथ लिने

  • गण्डकी लगायतका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

  • समाचार
  • १

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान सुरु
    २०८२ चैत्र ९, सोमबार

  • २

    श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुबिधा नपाउने
    २०८२ चैत्र ९, सोमबार

  • ३

    ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले बुधबार शपथ लिने
    २०८२ चैत्र ९, सोमबार

  • ४

    गण्डकी लगायतका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८२ चैत्र ९, सोमबार

  • ५

    पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार: तत्कालिन सचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर
    २०८२ चैत्र ८, आईतबार

  • ६

    राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्ने झन्झट हट्यो
    २०८२ चैत्र ८, आईतबार

  • ७

    सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई १ करोड १६ लाख जरिवाना
    २०८२ चैत्र ८, आईतबार

  • ८

    चितवनको राप्ती नदीमा अवैध रूपमा माछा मार्ने ७० जना पक्राउ
    २०८२ चैत्र ८, आईतबार

  • ९

    प्रतापपुर गाउँपालिकाको २० औं गाउँसभा : विकास र सुशासनलाई प्राथमिकता
    २०८२ चैत्र ८, आईतबार

  • १०

    अङ्कुरम् एकेडेमीमा अभिभावक प्रशिक्षण सम्पन्न
    २०८२ चैत्र ८, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution