२०८२ चैत्र ९, सोमबार
प्रख्यात न्यूरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ (ल्ीए) प्रशिक्षक जोश बी. निरौलाको प्रशिक्षणमा सम्पन्न कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणको कार्यक्रममा अङ्कुरम् एकेडेमीमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू सहभागी भएका थिए भने दोस्रो चरणको कार्यक्रममा छिमेकी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका इच्छुक अभिभावकहरूलाई समेत सहभागी गराइएको थियो । आफ्नो सामाजिक उत्तरदायित्वलाई समुदायसम्म पु¥याउन दोस्रो चरणमा समेत प्रशिक्षण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्राचार्य सुमन पौडेलका अनुसार न्यूरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ ‘मानव सोच, भाषा र व्यवहारबीचको अन्तरसम्बन्ध बुझ्ने एक प्रभावकारी मनोवैज्ञानिक तथा व्यवहारिक विधि हो जसले व्यक्तिको सोचाइ र व्यवहारलाई सकारात्मक दिशामा परिवर्तन गर्न’ सहयोग पु¥याउँछ । प्राचार्य पौडेलले अभिभावकले आफ्ना बालबालिकासँग गर्ने दैनिक व्यवहार, बोलचाल र प्रतिक्रिया नै उनीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण हुने बताए ।
प्रशिक्षणका क्रममा अभिभावकहरूले बालबालिकासँग प्रभावकारीरूपमा संवाद गर्ने तरिका, उनीहरूको भावना बुझ्ने सीप, विश्वास र सम्मानमा आधारित सम्बन्ध निर्माण गर्ने उपाय तथा सकारात्मक अनुशासनका अभ्यासहरूबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए । वास्तविक जीवनका उदाहरणहरू प्रस्तुत गर्दै प्रशिक्षक निरौलाले अभिभावकहरूलाई दैनिक जीवनमा लागू गर्न सकिने सरल तर प्रभावकारी विधिहरू सिकाएका थिए ।
कार्यक्रम अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको थियो जसमा अभिभावकहरूले खुलेर आफ्ना जिज्ञासा र अनुभवहरू ‘शेयर’ गरेका थिए । उनीहरूले उठाएका विभिन्न प्रश्नहरूको प्रशिक्षक निरौलाले व्यावहारिक र सान्दर्भिक जवाफ दिएका थिए जसले कार्यक्रमलाई प्रभावकारी, रोचक र सहभागितामूलक बनाएको थियो ।
चितवनको एकमात्र ‘क’ वर्गको विद्यालय अङ्कुरम् एकेडेमीले बालबालिकाको सर्वाङ्गीण विकाससँगै अभिभावकीय शिक्षा र सचेतनामा समेत जोड दिँदै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । विद्यालयकी निर्देशक सरला पौडेलले अभिभावक र विद्यालयबीचको सहकार्य बलियो भए मात्र बालबालिकाको समग्र विकास सम्भव हुने बताइन् ।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विद्यालयका आवासीय निर्देशक नईम चौधरीले सहभागीहरूलाई स्वागत गरेका थिए भने कार्यक्रम उनकै सभापतित्वमा सम्पन्न भएको थियो । प्रशिक्षणमा सहभागी अभिभावकहरूले कार्यक्रम उपयोगी, प्रेरणादायी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे