२०८३ अषाढ २, मंगलबार
‘कम्प्युटर्स इन ह्युमन बिहेवियर’ नामक जर्नलमा प्रकाशित उक्त अध्ययनअनुसार सामाजिक सञ्जालको एउटा मात्र सूचना आए पनि करिब ७ सेकेन्डसम्म ध्यान विचलित हुन्छ । अनुसन्धानकर्ताले १८० जना विश्वविद्यालयका विद्यार्थीमा ‘स्ट्रूप परीक्षण’ मार्फत ध्यान र एकाग्रता मापन गरेका थिए । परीक्षणका क्रममा अचानक फोनमा सूचना पठाउँदा सहभागीको दिमागको काम गर्ने गति केही समयका लागि सुस्त भएको पाइएको हो।
अनुसन्धानमा व्यक्तिगत भावना वा लक्ष्यसँग जोडिएका सन्देशले झन् बढी असर पार्ने पनि देखिएको छ । विशेष व्यक्तिबाट आएको सन्देशजस्ता सूचनाले ध्यान अझ छिटो भंग हुने तथ्य उजागर भएको हो ।
अध्ययनले दिनभर कति समय फोन चलाइयो भन्ने भन्दा पनि बारम्बार फोन जाँच्ने बानी बढी हानिकारक हुने निष्कर्ष निकालेको छ । लगातार एकैपटक फोन प्रयोग गर्नु भन्दा कामको बीच-बीचमा पटक-पटक फोन खोल्दा ध्यान टुक्रिने र काममा फर्कन समय लाग्ने बताइएको छ ।
स्विट्जरल्यान्डस्थित लुसाने विश्वविद्यालयका अनुसन्धानकर्ता हिप्पोलाइट फर्नियरका अनुसार दिनभर आउने सूचनाको संख्या र फोन जाँच्ने बानीले ध्यान बिग्रिने समस्या सीधै सम्बन्धित छ । उनले स्मार्टफोनको टुक्राटुक्रा प्रयोग नै मानिसको एकाग्रता कमजोर बनाउने मुख्य कारण रहेको बताएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे