२०८३ श्रावण ३, आईतबार


अदालतमा उनले प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश नदिने भन्दै आफू निर्दोष रहेको जिकिर गरेका छन् । आपतकालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसकै कारण राजीनामासम्म दिनुपरेको अवस्था आएको उनले अदालतमा बताएका छन् ।
भीडमा मानिसको मृत्यु भएको खबर सुन्दा आफू अचम्मित भएको उल्लेख गर्दै उनले किन र कसरी यस्तो घटना भयो भन्नेबारे गम्भीर छानबिन आवश्यक रहेको बताएका छन् । शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो र द्वन्द्व कसरी सिर्जना भयो भन्ने विषयमा पनि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।
ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन्। घटनाको सुरुदेखि अन्त्यसम्म संलग्न सबैमाथि निष्पक्ष कारबाही हुनुपर्नेमा उनले जोड दिएका छन् ।
उनले राज्यको सम्पत्ति जलाउने र भीडलाई उत्तेजित पार्ने कार्यमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउदै राष्ट्रको हितमा काम गर्दा विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको गुनासो समेत गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे