२०८३ श्रावण ३, आईतबार


रास्वपाका सांसदहरुलाई दिएको दुई दिनको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफु जीवनी लेख्न राजनीतिमा नआएको बताउदै इतिहास लेख्न आएको र यसको शुरुवात भइसकेको बताएका हुन् ।
लामिछानेले आफुहरुले सजिलो क्रान्ति गरेर अहिले सत्तामा आएको बताउदै पुराना दलहरुले ३० बर्षसम्म आफ्नो सबै कुरा बिर्सेर देशका लागि संघर्ष गरेर प्रजातन्त्र ल्याएको र जनयुद्ध जस्ता क्रान्ति गरेर अहिले अवस्था आएको बताए । उनले भने- ‘अहिले कति सजिलो छ, घरमा बिहान घरमा खाना खाएर परिवारसँग बसेर बालबच्चासँग बसेर काम गर्ने अवसर छ । यति सजिलो अवस्थामा पनि हामीले काम गर्न सकेनौं भने हामि जस्तो नालायक कोहि हुने छैन ।’
उनले सांसद भएर आफ्नो भूमिका निभाउनुपर्ने बताउदै मन्त्री भएर मात्र प्रतिष्ठा बढ्ने नभएको र सांसदको रुपमा कानुन बनाउने काममा लाग्नुपर्ने जोड दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे