२०८३ अषाढ ९, मंगलबार
कार्यालयका प्रमुख डा. बज्रकिशोर ठाकुरले खत्रीको लेयर्स फर्मका कुखुरामा असार ३ गते बर्ड फ्लू पुष्टि भएको र पनौतीस्थित शर्मिला श्रेष्ठको मानेश्वर एग्रो फार्ममा पालिएका हाँस र लोकल कुखुरामा असार ७ गते बर्ड फ्लू रहेको पुष्टि भएको बताउनुभयो ।
उहाँले खत्रीको फर्ममा पालिएका लेयर्स कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै फर्ममा रहेका एक हजार ६५० वटा कुखुरा नष्ट गरिएको बताउनुभयो । यस्तै पनौतीमा रहेको फर्ममा पालिएका हाँस र लोकल कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै अहिले डिस्पोजको काम भइरहेको बताउनुभयो ।
डा. ठाकुरले कार्यालयको फेसबुकमार्फत बर्ड फ्लूका बारेमा सचेतना प्रदान प्रदान गरिएको र जिल्लाका विभिन्न नाकाबाट पशु ओसारपसार हुने भएकोले नाकाहरूमा सुरक्षा जाँच समेत बढाइएको बताउनुभयो । उहाँले जिल्लाका अन्य स्थान रहेका फर्महरूमा भने बर्ड फ्लू नदेखिएको बताउनुभयो ।गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे