२०८३ अषाढ १३, शनिबार
सीआईबीका अनुसार हात्तीगौंडास्थित टुङ्गराम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार हिनामिना गरी व्यक्तिगत लाभ लिएको आरोपमा शेर्पामाथि अनुसन्धान भइरहेको छ । विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा उनले विभिन्न प्रक्रिया दुरुपयोग गर्दै विद्यालयलाई आर्थिक नोक्सानी पुर्याएको आरोप छ ।
अनुसन्धानका क्रममा विद्यालयलाई हानि पुर्याउने उद्देश्यले डर, त्रास र अनुचित प्रभाव प्रयोग गरी भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वसँग सम्बन्धित कम्पनीको नाममा बिक्री गरिएको खुलेको सीआईबीले जनाएको छ ।
यस्तै, विद्यालयका लागि सवारीसाधन खरिद गर्न छुट्याइएको रकमसमेत आफू आबद्ध कम्पनीका नाममा जग्गा र सवारीसाधन खरिद गर्न प्रयोग गरी विद्यालयको सम्पत्तिमा हानि पुर्याएको आरोप उनीमाथि लागेको छ ।
यस घटनामा विद्यालयको रकम हिनामिना गरी ठगी र आपराधिक विश्वासघात गरेको भन्दै सीआईबीमा उजुरी परेको थियो । शेर्पाविरुद्ध दुई वर्षअघि नै उजुरी परे पनि प्रहरीले दर्ता गरेको थिएन । पछि अदालतले उजुरी दर्ता गरी अनुसन्धान अघि बढाउन आदेश दिएपछि सीआईबीले मुद्दाको अनुसन्धान सुरु गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे