• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १३, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
४

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
५

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
६

कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम

२०८३ भाद्र १५, सोमबार
७

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार
८

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
९

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
१०

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र १७, बुधबार
११

बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

२०८३ भाद्र १९, शुक्रबार
१२

सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक

२०८३ भाद्र २३, मंगलबार

हेपाटाइटिस ‘बी’ र ‘सी’ ‘साइलेन्ट’ रोग हो, तत्काल परीक्षण गर्नुपर्छ : डा.सागर पौडेल

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ श्रावण १२, मंगलबार

  • १०३ पटक पढिएको
  • काठमाडौं । कलेजोको सिरोसिस र क्यान्सरसम्म निम्त्याउन सक्ने हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण सुरुवाती चरणमा प्रायः कुनै लक्षण नदेखिने भएकाले धेरै बिरामीमा रोग गम्भीर बनेपछि मात्रै पत्ता लाग्ने गरेको छ ।

    समयमै परीक्षण, उपचार र हेपाटाइटिस ‘बी’ विरुद्धको खोपले भने यस्तो जटिल अवस्थाबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन्।

    केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा.सागर पौडेलले हेपाटाइटिस ‘बी’ र ‘सी’लाई ‘साइलेन्ट’ रोगको संज्ञा दिँदै धेरै बिरामीमा कलेजोमा गम्भीर क्षति पुगिसकेपछि मात्रै रोग पत्ता लाग्ने गरेको बताए ।

    विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले सुरुमा कुनै लक्षण नदेखिने हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण समयमै पहिचान हुन नसके कलेजोको सिरोसिस र क्यान्सरसम्म पुग्न सक्ने बताए ।

    उनले भने, ‘हेपाटाइटिस बी र सीको संक्रमण धेरैजसोमा सुरुमा कुनै लक्षण देखिँदैन । लक्षण देखिँदासम्म कलेजोमा धेरै क्षति पुगिसकेको हुनसक्छ । त्यसैले समयमै परीक्षण गरेर संक्रमण पहिचान गर्नु नै सबैभन्दा महत्वपूर्ण हुन्छ ।’

    उनका अनुसार हेपाटाइटिस हुने प्रमुख कारणमध्ये अत्यधिक मदिरा सेवन, हेपाटाइटिस ‘बी’ र ‘सी’ भाइरसको संक्रमण हुन्छ तथा दूषित खाना र पानीबाट सर्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ प्रमुख हुन् ।

    हेपाटाइटिस ‘ए’ र ‘ई’ सामान्यतया केही हप्ता वा महिनाभित्र आफैं निको हुने भए पनि हेपाटाइटिस ‘बी’ र ‘सी’ले दीर्घकालीन रुप लिएर कलेजोको सिरोसिस र क्यान्सरसम्म पुग्न सक्ने उनले बताए।

    उनले भने, ‘विश्व हेपाटाइटिस दिवस विशेषगरी हेपाटाइटिस बी र सीका बारेमा जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ । नेपालमा पनि हेपाटाइटिस बी र सीका संक्रमित लाखौं हुन सक्ने अनुमान छ । धेरैजसो संक्रमित समयमै परीक्षणमा नआउँदा रोग ढिलो पत्ता लागिरहेको छ ।’

    डा. पौडेलका अनुसार हेपाटाइटिस ‘ए’ र ‘ई’ हुँदा पेटको दायाँ भाग दुख्ने, वाकवाकी लाग्ने, खाना नरुच्ने, हल्का ज्वरो आउने तथा आँखा पहेँलो हुने जस्ता लक्षण देखिन सक्छन्। तर हेपाटाइटिस ‘बी’ र ‘सी’मा सुरुवाती चरणमा यस्ता लक्षण नदेखिन पनि सक्छ ।

    उनले भने, ‘हेपाटाइटिस बी र सी संक्रमित रगत, असुरक्षित यौन सम्पर्क, संक्रमित सुईको प्रयोग तथा संक्रमित आमाबाट बच्चामा सर्न सक्छ । लागूऔषध प्रयोगकर्ताले एउटै सिरिन्ज प्रयोग गर्दा पनि संक्रमण फैलिन सक्छ ।’

    उपचारबारे उनले हेपाटाइटिस ‘बी’को एन्टिभाइरल औषधिबाट दीर्घकालीन उपचार सम्भव रहेको र हेपाटाइटिस ‘सी’लाई १२ देखि २४ हप्तासम्म औषधि सेवन गरेर पूर्ण रूपमा निको पार्न सकिने बताए।

    उनले भने, ‘समयमै रोग पत्ता लगाउन सकियो भने हेपाटाइटिस बीबाट हुने सिरोसिस रोक्न सकिन्छ भने हेपाटाइटिस सी पूर्ण रूपमा निको पार्न सकिन्छ । त्यसैले लक्षण कुरेर बस्नु हुँदैन, परीक्षण गर्नुपर्छ ।’

    डा. पौडेलले हाल धेरै स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा ¥यापिड किटमार्फत हेपाटाइटिस ‘बी’ र ‘सी’को प्रारम्भिक परीक्षण उपलब्ध रहेको जानकारी दिए । उनका अनुसार एउटा परीक्षण गर्न करिब रु. २०० देखि ३०० मात्र खर्च लाग्छ ।

    उनले भने, ‘सरकारले सबै क्षेत्रमा परीक्षण सेवा विस्तार गर्नुपर्छ । जनचेतना बढाउन सकियो भने धेरै बिरामीलाई कलेजो बिग्रिनुअघि नै पहिचान गरेर उपचार गर्न सकिन्छ ।’

    हेपाटाइटिसबाट बच्ने उपायबारे उनले हेपाटाइटिस ‘बी’विरुद्ध प्रभावकारी खोप उपलब्ध रहेकाले समयमै खोप लगाउन, जोखिम समूहले नियमित परीक्षण गराउन तथा संक्रमित व्यक्तिसँग रगत वा सुईको सम्पर्क हुन नदिन विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

    उनले भने, ‘समयमै परीक्षण, समयमै उपचार र हेपाटाइटिस बीको खोप नै हेपाटाइटिस नियन्त्रणका सबैभन्दा प्रभावकारी उपाय हुन्। यसबाट कलेजोको सिरोसिस, कलेजोको क्यान्सर र अन्य गम्भीर जटिलताबाट बच्न सकिन्छ।’ नेपाल न्यूज बैङ्क

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • निःशुल्क शिक्षा कार्यान्वयनका लागि साझा प्रयास अपरिहार्य

  • प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

  • सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

  • हिमलुङ हिमालको आधार शिविरमा उद्धार रोकियो, १२ जना अझै बेपत्ता

  • समाचार
  • १

    निःशुल्क शिक्षा कार्यान्वयनका लागि साझा प्रयास अपरिहार्य
    २०८३ आश्विन १३, मंगलबार

  • २

    प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा
    २०८३ आश्विन १३, मंगलबार

  • ३

    सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
    २०८३ आश्विन १३, मंगलबार

  • ४

    हिमलुङ हिमालको आधार शिविरमा उद्धार रोकियो, १२ जना अझै बेपत्ता
    २०८३ आश्विन १३, मंगलबार

  • ५

    बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा
    २०८३ आश्विन १३, मंगलबार

  • ६

    हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने
    २०८३ आश्विन १३, मंगलबार

  • ७

    मलेखु–मुग्लिङ सडकखण्ड सुचारु, केही स्थानमा एकतर्फी आवागमन
    २०८३ आश्विन १२, सोमबार

  • ८

    असोज ८ गतेदेखिको बाढी र पहिरोमा २१ जनाको मृत्यु, पाँच बेपत्ता
    २०८३ आश्विन १२, सोमबार

  • ९

    म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, तीन जना बेपत्ता
    २०८३ आश्विन १२, सोमबार

  • १०

    गण्डकी सहितका पाँच प्रदेशमा मध्यमबर्षाको सम्भावना
    २०८३ आश्विन १२, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution