• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २६, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
४

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
५

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
६

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
९

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
१०

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार
११

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
१२

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार

जर्मनीद्वारा ८० लाख युरोभन्दा बढीको सहायता प्रदान

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ भाद्र २६, शुक्रबार

  • ३६ पटक पढिएको
  • काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि जर्मनीले नेपाललाई ८० लाख युरोभन्दा बढीको सहायता उपलब्ध गराएको छ ।

    जर्मनीले तत्कालका मानवीय आवश्यकता पूरा गर्नेदेखि स्वास्थ्य, ऊर्जा, खानेपानी तथा विपद् उत्थानशील पूर्वाधार निर्माणसम्मका क्षेत्रमा सहयोग गर्ने जनाएको छ । सहायता मानवीय, विकास तथा युरोपेली र बहुपक्षीय संयन्त्रमार्फत उपलब्ध गराएको हो ।

    जर्मनीले नेपाल सरकारको अनुरोधमा युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमर्फत ५ लाख युरोभन्दा बढी बराबरको आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । राहत सामग्रीमा भान्साका सामान, त्रिपाल, झुल, खानेपानी आपूर्ति उपकरण र फोल्डिङ बेड रहेका छन्। यी सामग्री जर्मन प्राविधिक राहत संस्था, जर्मन जीवनरक्षा सङ्घ तथा जर्मनीको थुरिन्जिया राज्यले उपलब्ध गराएका हुन् ।

    त्यस्तै, जर्मनीले विपद्बाट प्रभावित समुदायलाई तत्काल सहयोग गरिरहेका दुई नागरिक समाज संस्थालाई २ लाख युरो प्रत्यक्ष सहायता दिने भएको छ । त्यसमध्ये एउटा परियोजनाले बाढी प्रभावित गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य र सुरक्षामा सहयोग गर्नेछ। परियोजनाअन्तर्गत आवश्यक सामग्री वितरण, स्वास्थ्य सेवामा पहुँच तथा सङ्क्रमण रोकथामका कार्यक्रम सञ्चालन गरिनेछन् ।

    अर्को परियोजना युरोपेली सङ्घको मानवीय प्रतिकार्यअन्तर्गत सञ्चालन हुनेछ । यसमार्फत प्रभावित परिवारका लागि आयआर्जनका अवसर सिर्जना गर्न, पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न तथा विस्थापित परिवार बसिरहेका शिविरको अवस्था सुधार गर्न सहायता गरिनेछ ।

    बाढीको प्रभाव दीर्घकालसम्म रहने भएकाले जर्मनीले विकास सहयोगअन्तर्गत थप ७३ लाख ५० हजार युरो परिचालन गरेको छ । उक्त सहयोग जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले उपलब्ध गराउनेछ भने अन्तर्राष्ट्रिय सहयोगका लागि जर्मनीको सङ्घीय संस्थाले कार्यान्वयन गर्नेछ ।

    नेपाल सरकारसँगको दीर्घकालीन साझेदारीलाई निरन्तरता दिँदै जर्मनीले स्वास्थ्य र ऊर्जा क्षेत्रमा सहयोग गर्ने जनाएको छ । अत्यावश्यक स्वास्थ्य सेवा, ऊर्जा तथा खानेपानी आपूर्तिमा पहुँच कायम राख्नुका साथै जलवायु तथा विपद् उत्थानशील पूर्वाधार निर्माणमा समेत सहयोग गरिनेछ ।

    जर्मनीले भविष्यमा हुने प्राकृतिक विपद्को सामना गर्न नेपालको क्षमता बलियो बनाउन तथा विपद्प्रति थप उत्थानशील पूर्वाधार विकासमा पनि सहयोग गर्ने जनाएको छ । यसैगरी, संयुक्त राष्ट्रसङ्घको केन्द्रीय आपत्कालीन प्रतिकार्य कोष र युरोपेली सङ्घले पनि नेपालमा बाढीपछि मानवीय सहायता परिचालन गरेका छन्। जर्मनी यी दुवै संयन्त्रको प्रमुख योगदानकर्तामध्ये एक हो ।

    जर्मनीले नेपालमा पहिले नै राहत तथा उद्धारका काममा संलग्न आफ्ना नागरिक समाज संस्थाको योगदानको समेत प्रशंसा गरेको छ। ती संस्थाले स्थानीय साझेदार तथा नेपाल सरकारसँग समन्वय गरी सबैभन्दा बढी आवश्यकता भएका समुदायसम्म सहायता पुर्‍याउने काम गरिरहेका छन् ।

    जर्मनीले बाढीबाट प्रभावित नागरिक तथा उनीहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन समयमा आफू नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ । साथै, विपद्का बेला मानव जीवन र मर्यादाको रक्षा गर्ने साझा प्रतिबद्धतालाई सहायता कार्यक्रमले थप बलियो बनाउने जर्मनीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बाढी पीडितका लागि एक्सेस एजुकेसन नेटवर्कद्वारा ११ लाख बढी सहयोग

  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • दुर्गम क्षेत्रसम्म सेवा पुर्‍याएको नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

  • कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • समाचार
  • १

    जर्मनीद्वारा ८० लाख युरोभन्दा बढीको सहायता प्रदान
    २०८३ भाद्र २६, शुक्रबार

  • २

    बाढी पीडितका लागि एक्सेस एजुकेसन नेटवर्कद्वारा ११ लाख बढी सहयोग
    २०८३ भाद्र २६, शुक्रबार

  • ३

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र २६, शुक्रबार

  • ४

    दुर्गम क्षेत्रसम्म सेवा पुर्‍याएको नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
    २०८३ भाद्र २५, बिहिबार

  • ५

    कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    २०८३ भाद्र २५, बिहिबार

  • ६

    बालेनलाई अमरेशको चेतावनी- तपाइँ तासको पत्ता हो !
    २०८३ भाद्र २५, बिहिबार

  • ७

    सडकमा बच्चा जन्माएको घटनाको छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
    २०८३ भाद्र २५, बिहिबार

  • ८

    साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ ‘बिज२४’ सेवा
    २०८३ भाद्र २५, बिहिबार

  • ९

    एप्पलको पहिलो फोल्ड गर्न मिल्ने आइफोन सार्वजनिक, कति छ मुल्य ?
    २०८३ भाद्र २५, बिहिबार

  • १०

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र २५, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution