• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक २१, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
३

नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान

२०८३ आश्विन २७, मंगलबार
४

क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा

२०८३ आश्विन ३०, शुक्रबार
५

गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

२०८३ आश्विन ३१, शनिबार
६

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

२०८३ कार्तिक १, आईतबार
७

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

२०८३ आश्विन २४, शनिबार
८

गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

२०८३ आश्विन २३, शुक्रबार
९

हुनमान ढोकास्थित दसैं घरमा पनि विधिवत रुपमा घटस्थापना गरियो

२०८३ आश्विन २५, आईतबार
१०

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन २९, बिहिबार
११

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ आश्विन २२, बिहिबार
१२

गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने

२०८३ कार्तिक ८, आईतबार

यी हुन् रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ कार्तिक २०, शुक्रबार

  • ३५ पटक पढिएको
  • काठमाडौँ । पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेसँगै उनको २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनको अन्त्य भएको छ । ४१ वर्षीय रोनाल्डो अब साउदी अरेबियाको क्लब अल नासरबाट व्यावसायिक फुटबल खेल्नेछन् ।

    रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनको खेल जीवनका केही अविस्मरणीय क्षणलाई यसरी प्रस्तुत गरिएको छ ।

     

    १- म्यानचेस्टर युनाइटेडमा पुग्ने बाटो खोलेको मैत्रीपूर्ण खेल

     

    सन् २००३ मा स्पोर्टिङबाट पहिलो टोलीका लागि ३१ खेल खेल्दै पाँच गोल गरेका रोनाल्डोले म्यानचेस्टर युनाइटेडको ध्यान तानेका थिए। लिस्बनमा भएको मैत्रीपूर्ण खेलमा स्पोर्टिङले युनाइटेडलाई ३–१ ले हराउँदा रोनाल्डोले दुई गोलका लागि अवसर सिर्जना गरेका थिए । त्यस खेलपछि युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसनले रोनाल्डोलाई खेलाडीहरूसँग भेट गराएका थिए। खेलाडीहरूले पनि उनलाई अनुबन्ध गर्न आग्रह गरेका थिए । त्यसको पाँच दिनपछि रोनाल्डो १ करोड २० लाख पाउन्डमा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए ।

     

    २- सन् २००७ मा पहिलो पटक प्रिमियर लिग उपाधि

     

    म्यानचेस्टर युनाइटेडमा पहिलो सिजनमै रोनाल्डोले मिलवालविरुद्धको एफए कप फाइनलमा गोल गरेका थिए । तर सन् २००६–०७ को सिजन उनको खेल जीवनको महत्त्वपूर्ण मोड बन्यो । उक्त सिजन उनले प्रिमियर लिगमा १७ गोल गरे । उनी वर्षका उत्कृष्ट खेलाडी र उत्कृष्ट युवा खेलाडी घोषित भए । साथै, उनले युनाइटेडबाट पहिलो पटक प्रिमियर लिग उपाधि जिते । त्यसपछिको सिजन झनै सफल रह्यो । उनले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा गोल गर्दै पहिलो पटक उक्त प्रतियोगिताको उपाधि जिते । सोही सिजन उनले युरोपेली गोल्डेन सु पनि जितेका थिए ।

     

    ३- पोर्टोविरुद्धको अविश्वसनीय गोल र पुस्कास पुरस्कार

     

    सन् २००९ मा पोर्टोविरुद्ध च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा रोनाल्डोले करिब ४० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । बलले सिधै जाली चुमेपछि उनको त्यो गोल फुटबल इतिहासकै चर्चित गोलमध्ये एक बन्यो । उक्त गोलले म्यानचेस्टर युनाइटेडलाई प्रतियोगिताको सेमिफाइनलमा पुर्‍याउन मद्दत गरेको थियो। यही गोलका लागि रोनाल्डोले पहिलो पटक प्रदान गरिएको फिफा पुस्कास पुरस्कार जितेका थिए । त्यसको केही महिनापछि उनी कीर्तिमानी ८ करोड पाउन्डमा रियल मड्रिड पुगेका थिए ।

     

    ४- सन् २०११ मा बार्सिलोनाविरुद्ध निर्णायक गोल

     

    रियल मड्रिडमा आबद्ध भएपछि रोनाल्डोले सन् २०११ मा बार्सिलोनाविरुद्ध कोपा डेल रे फाइनलमा निर्णायक गोल गरेका थिए । निर्धारित समयमा खेल गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा एन्जेल डि मारियाको क्रसमा रोनाल्डोले हेडरमार्फत गोल गरेका थिए । उनको त्यही गोलले रियल मड्रिडलाई १–० को जित दिलाएको थियो । उक्त उपाधि रियलका लागि सात वर्षपछि पहिलो कोपा डेल रे उपाधि थियो ।

     

    ५- रियल मड्रिडका सर्वाधिक गोलकर्ता

     

    सन् २०१५ मा लेभान्तेविरुद्धको ला लिगा खेलमा गोल गर्दै रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता बनेका थिए । उक्त गोल उनको क्लबका लागि ३२४औँ गोल थियो। उनले राउलको नाममा रहेको कीर्तिमान तोडेका थिए । रियल मड्रिडमा नौ सिजन बिताउँदा रोनाल्डोले ४३८ खेलमा ४५० गोल गरेका थिए । सन् २०१४–१५ को सिजनमा उनले ५४ खेल खेल्दै ६१ गोल गरेका थिए। लगातार छ सिजन उनले सबै प्रतियोगितामा ५० वा त्यसभन्दा बढी गोल गरेका थिए ।

     

    ६- सन् २०१६ मा पोर्चुगललाई युरोपेली च्याम्पियन बनाउँदा

     

    रोनाल्डोको खेल जीवनमा राष्ट्रिय टोलीबाट प्राप्त सबैभन्दा ठूलो उपलब्धि सन् २०१६ को युरोपेली च्याम्पियनसिपको उपाधि हो । पोर्चुगलले आयोजक फ्रान्सलाई फाइनलमा १–० ले हराउँदै पहिलो पटक युरोपेली च्याम्पियनसिप जितेको थियो । तर फाइनल रोनाल्डोका लागि भावुक क्षण पनि बन्यो। खेलको २५औँ मिनेटमा चोट लागेपछि उनी आँसु झार्दै मैदानबाट बाहिरिएका थिए। त्यसपछि उनले मैदानबाहिरबाटै खेलाडीलाई हौसला दिएका थिए। पोर्चुगलले उपाधि जितेपछि उनले ट्रफी उचालेका थिए । उक्त प्रतियोगितामा तीन गोल र तीन गोलका लागि अवसर सिर्जना गरेका रोनाल्डो प्रतियोगिताको उत्कृष्ट टोलीमा परेका थिए । उनी युरोपेली च्याम्पियनसिपको इतिहासमा सर्वाधिक १४ गोल गर्ने खेलाडी पनि हुन् ।

     

    ७- पाँचौँ पटक बालोन डी’ओर

     

    रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा गरी पाँच पटक बालोन डी’ओर जितेका छन् । सन् २०१७ को पुरस्कार रियल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन खेलेको भूमिकाका आधारमा प्राप्त भएको थियो । सन् २०१६–१७ को च्याम्पियन्स लिग फाइनलमा युभेन्टसविरुद्ध दुई गोल गर्दै उनले रियललाई ४–१ को जित दिलाएका थिए । त्यस सिजन रियलले ला लिगाको उपाधि पनि जितेको थियो ।

     

    ८- च्याम्पियन्स लिगमा सय गोल गर्ने पहिलो खेलाडी

     

    सन् २०१७ मा रोनाल्डो च्याम्पियन्स लिगमा सय गोल गर्ने पहिलो खेलाडी बनेका थिए । पेरिस सेन्ट जर्मेनविरुद्ध अन्तिम १६ को खेलमा दुई गोल गर्दै उनले यो उपलब्धि हासिल गरेका थिए । त्यसपछि सन् २०१६–१७ को क्वार्टरफाइनलमा बायर्न म्युनिखविरुद्ध ह्याट्रिक गरेका थिए । युरोपको शीर्ष क्लब प्रतियोगितामा उनले कुल १४१ गोल गरेका छन् । उनले १८७ खेलमा यो उपलब्धि हासिल गरेका थिए । लगातार छ सिजन उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता वा संयुक्त सर्वाधिक गोलकर्ता बनेका थिए ।

     

    ९- युभेन्टसविरुद्धको अविश्वसनीय बाइसाइकल गोल

     

    सन् २०१८ मा युभेन्टसविरुद्ध च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रोनाल्डोले गरेको बाइसाइकल गोल उनको खेल जीवनको सबैभन्दा चर्चित गोलमध्ये एक हो । बल हावामा आएपछि उनले असाधारण उचाइमा उफ्रेर पछाडिबाट प्रहार गर्दै गोल गरेका थिए । उनको त्यो गोल देखेर युभेन्टसका समर्थकसमेत उठेर ताली बजाएका थिए । त्यसबेला उनी रियल मड्रिडबाट खेलिरहेका थिए । त्यसको केही महिनापछि उनी युभेन्टसमै आबद्ध भएका थिए ।

     

    १०- पाँच पटक च्याम्पियन्स लिग जित्ने पहिलो खेलाडी

     

    रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट सन् २००८ मा पहिलो पटक च्याम्पियन्स लिग जितेका थिए । त्यसपछि रियल मड्रिडबाट सन् २०१४, २०१६, २०१७ र २०१८ मा उपाधि जिते । यससँगै उनी पाँच पटक च्याम्पियन्स लिग जित्ने पहिलो खेलाडी बनेका थिए। रियल मड्रिडबाट लगातार तीन पटक उक्त प्रतियोगिताको उपाधि जित्नु उनको खेल जीवनको अर्को ऐतिहासिक उपलब्धि थियो ।

     

    ११- अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान

     

    सन् २०२१ मा आयरल्यान्डविरुद्ध विश्वकप छनोट खेलमा रोनाल्डोले अन्तिम समयमा दुई गोल गर्दै पोर्चुगललाई जित दिलाएका थिए । त्यससँगै उनले इरानका अली दाइको नाममा रहेको पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोलको कीर्तिमान तोडेका थिए । रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय खेल जीवन २३४ खेलमा १४६ गोल गर्दै अन्त्य गरेका छन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल र सर्वाधिक गोल दुवै कीर्तिमान उनकै नाममा छन् ।

     

    १२- नौ सय गोल गर्ने पहिलो खेलाडी

     

    सन् २०२४ मा क्रोएसियाविरुद्ध पोर्चुगलको खेलमा गोल गर्दै रोनाल्डोले व्यावसायिक फुटबलमा नौ सय गोल पूरा गरेका थिए । आधिकारिक प्रतियोगितामा नौ सय गोल गर्ने उनी पहिलो खेलाडी बनेका थिए । रोनाल्डोले हालसम्म आफ्नो व्यावसायिक खेल जीवनमा ९८५ गोल गरेका छन् । उनले स्पोर्टिङका लागि पाँच, रियल मड्रिडका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि १४५, युभेन्टसका लागि १०१, अल नासरका लागि १३८ र पोर्चुगलका लागि १४६ गोल गरेका छन् । अब उनको मुख्य लक्ष्य एक हजार गोल पूरा गर्नु रहेको छ । उनी यो ऐतिहासिक उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बन्ने प्रयासमा छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • नारायणीको सेरोफेरो: सभ्यता, समृद्धि र सङ्घर्षको गाथा

  • तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी

  • यू-१९ एशिया कपमा आज नेपालले भारतको सामना गर्दै

  • गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षाको सम्भावना

  • समाचार
  • १

    नारायणीको सेरोफेरो: सभ्यता, समृद्धि र सङ्घर्षको गाथा
    २०८३ कार्तिक २१, शनिबार

  • २

    तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी
    २०८३ कार्तिक २१, शनिबार

  • ३

    यी हुन् रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
    २०८३ कार्तिक २०, शुक्रबार

  • ४

    यू-१९ एशिया कपमा आज नेपालले भारतको सामना गर्दै
    २०८३ कार्तिक २०, शुक्रबार

  • ५

    गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षाको सम्भावना
    २०८३ कार्तिक २०, शुक्रबार

  • ६

    प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ
    २०८३ कार्तिक १९, बिहिबार

  • ७

    संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
    २०८३ कार्तिक १९, बिहिबार

  • ८

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ कार्तिक १९, बिहिबार

  • ९

    बझाङमा जीप दुर्घटना: दुई जनाको मृत्यु, ६ जना गम्भीर घाइते
    २०८३ कार्तिक १८, बुधबार

  • १०

    ग्रेसले वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न क्षेत्रमा सहयोग सामग्री हस्तान्तरण गर्ने
    २०८३ कार्तिक १८, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution