• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १७, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
४

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार
५

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
६

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
७

बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

२०८३ भाद्र १९, शुक्रबार
८

सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक

२०८३ भाद्र २३, मंगलबार
९

च्यारिटी क्रिकेटले ल्याएको चेपाङ बालबालिकाको मुहारमा मुस्कान

२०८३ भाद्र २८, आईतबार
१०

रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता

२०८३ भाद्र २४, बुधबार
११

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
१२

बालेनलाई अमरेशको चेतावनी- तपाइँ तासको पत्ता हो !

२०८३ भाद्र २५, बिहिबार

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० कार्तिक ३०, बिहिबार

  • ३५२ पटक पढिएको
  • काठमाडौं  । अछाम, पञ्चदेवल विनायक नगरपालिका-४ टोड्केसालमा सु.प.प्र. ०१ ००१ ह ५५४५ नम्बरको अटोको ब्रेक फेल भई पल्टिएर बुधबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कमलबजार नगरपालिका-४ बस्ने २४ वर्षीय दिपक बोहरा र सोही नगरपालिका-२ बस्ने २६ वर्षीय जनक खड्का रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाम लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अन्य ४ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    प्युठान, ऐरावती गाउँपालिका-२ ददेरीपाटामा रा.३ प ८४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको किनारमा पल्टिएर बिहीबार बिहान दुर्घटना हुँदा चालक ऐरावती गाउँपालिका-५ झिवाङ बस्ने ६० वर्षीय हरिलाल थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

    बर्दिया, गुलरिया नगरपालिका-५ गुलरियास्थित भित्री सडक सडकमा भे.१ ख २४११ नम्बरको मिनीट्रकमा भे.११ प २६४७ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गुलरिया नगरपालिका-२ बस्ने ७३ वर्षीय कृष्ण प्रसाद अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मिनीट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सिन्धुपाल्चोक, चौतारा सागाचोकगढी नगरपालिका-५ कामी टोलमा बा.२ ख ८२१३ नम्बरको ट्रक सडकबाट करिब ५ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक काभ्रे पनौती बस्ने ३५ वर्षीय राजु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

    झापा, कमल गाउँपालिका-३ सहिद गेटस्थित सडकमा भएको सवारी दुर्घटनामा परी को.२१ प ७७ नम्बरको मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका-४ बस्ने ३१ वर्षीय मदन बहादुर लाय मगरको बुधबार दिउँसो मृत्यु भएको छ । उक्त मोटरसाइकल भैसीसँग ठक्कर खाई लडेको अवस्थामा अल्फाबेट नखुलेको १८४५ नम्बरको मोटरसाइकलले समेत ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको लागि बीएण्डी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल मोटरसाइकलसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    सिरहा, सिरहा नगरपालिका-१ स्थित सिरहा-माडर सडक खण्डमा ज.१ च १०७१ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सिरहा नगरपालिका-२ हटिया टोल बस्ने ३६ वर्षीया जिबछी देवी यादवको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको  प्रादेशिक अस्पताल सिरहामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । जिप चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सुनसरी, धरान उपमहानगरपालिका-६ मालपोत चौकमा को.२ ह ५५६५ नम्बरको अटो बुधबार साँझ दुर्घटना हुँदा मोरङ केराबारी गाउँपालिका-५ बस्ने ३४ वर्षीय पदम बहादुर लिम्वुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    सर्लाही, हरिवन नगरपालिका-११ कडरिया चौकमा ना.६ ख ९११७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ८० वर्षीय मान बहादुर राईको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    मोरङ, बुढिगंगा गाउँपालिका-६ सुक्चरमा को.९ प ७८२८ नम्बर र को.२९ प ६१५९ नम्बरका दुई मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा को.९ प ७८२८ नम्बरको मोटरसाइकल चालक बिराटनगर महानगरपालिका-५ बस्ने २६ वर्षीय जितेन्द्र उराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै मोटरसाइकलमा सवार अन्य ४ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    सप्तरी, राजबिराज नगरपालिका-१० कदमाहामा प्र.२-०३-०१६ प ३९९० नम्बरको मोटरसाइकललाई प्र.२-०१-००३ प ३०७९ नम्बरको मोटरसाइकले ठक्कर दिँदा प्र.२-०३-०१६ प ३९९० नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका-१० बस्ने ३० वर्षीया अमृता देवी यादवको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ठक्कर खाने मोटरसाइकलका चालकको गजेन्द्र नारायण सिंह अस्पतालमा राजबिराज सप्तरीमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    रूपन्देही, कञ्चन गाउँपालिका-४ भुपुसैनिक चोकमा लु.४३ प ३३१३ नम्बरको स्टकुरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ शिवालय चोक बस्ने ६२ वर्षीय होम बहादुर खत्रीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • दुर्घटना
  • मृत्यु
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत

  • नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

  • भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

  • प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक

  • समाचार
  • १

    काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत
    २०८३ आश्विन १७, शनिबार

  • २

    नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
    २०८३ आश्विन १७, शनिबार

  • ३

    भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त
    २०८३ आश्विन १६, शुक्रबार

  • ४

    प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक
    २०८३ आश्विन १६, शुक्रबार

  • ५

    तटबन्धले जोगायो गैँडाकोटको बस्ती
    २०८३ आश्विन १६, शुक्रबार

  • ६

    हिमलुङ हिमपहिरोमा बेपत्ता १५ जनाको शव फेला, एक अझै बेपत्ता
    २०८३ आश्विन १६, शुक्रबार

  • ७

    सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
    २०८३ आश्विन १५, बिहिबार

  • ८

    नेपालले साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित
    २०८३ आश्विन १५, बिहिबार

  • ९

    निजामती विधेयक संसदमा दर्ता, यस्ता छन् मुख्य विषय
    २०८३ आश्विन १५, बिहिबार

  • १०

    आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै
    २०८३ आश्विन १५, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution